सरकारको काम सन्तोषजनक छैनः बिमलेन्द्र निधि

२०८० भाद्र ३१ गते, आईतवार

काठमाडौं।प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सरकारको काम सन्तोषजनक नरहेको बताएका छन्।

आइतबार नेपाल प्रेस युनियन धनुषा शाखाले गरेको पत्रकार सम्मेलनमा नेता निधिले सरकार गठबन्धनको भएपनि काम सन्तोषजनक नभएको बताए।उनले भने,‘सरकार गठबन्धनको छ । तर, प्रधानमन्त्री प्रचण्डले गठबन्धनको जस्तो व्यवहार गर्दैनन्,’ उनले भने, ‘सरकारको काम सन्तोषजनक छैन ।’

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने भरपूर प्रयास भइरहेको दाबी पनि उनको थियो। नेता निधिले असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेल जनकपुर भ्रमणमा आउन लागेको समेत जानकारी दिए । उनले यसअघि मौसम प्रतिकुलताले रोकिएको राष्ट्रपति पौडेलको जनकपुर भ्रमणको टुंगो लागेको जानकारी दिए । ‘राष्ट्रपतिज्यूसित मेरो कुराकानी भएको छ । उहाँ असोज ८ गते जनकपुर आउनुहुनेछ,’ निधिले भने, ‘जनकपुरमा राष्ट्रपतिज्यूले जानकी मन्दिरको दर्शन र उपमहानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गरिनेछ ।’

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal