कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने

२०७९ पुष २६ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस कार्यसम्पादन समितिले यस्तो निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले विगतको समझदारीअनुरुप प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री नदिँदा गल्ती भएको भन्दै विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।

उनले पार्टी पहिलो भएर पनि प्रतिपक्षमा बस्नुपर्दा केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्ने अवस्था आएको भन्दै विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।

त्यसपछि कतिपय पदाधिकारीले विश्वासको मत दिएपछि पुरानै अवस्था फर्काउने ग्यारेन्टीका विषयमा जिज्ञासा राखेका थिए भने कतिपयले कांग्रेसले प्रतिपक्षामै बसेर संगठन मजबुत बनाउन लाग्नुपर्ने बताएका थिए ।

निर्णय कार्य सम्पादन समितिबाट गराउने तयारीसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सकिएको थियो ।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal