समीक्षा भन्छिन् –अबका दिनबाट म चुप लागेर बस्दिन

२०७९ पुष २५ गते, सोमबार

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई आफ्नो बारेमा कुरा काट्नेहरूलाई तल्लो स्तरका मानिसको संज्ञा दिएकी छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले आफ्नो असन्तुष्टी व्यक्त गरेकी हुन्। मानिस तीन किसिमका हुने भन्दै समीक्षाले लेखेकी छन्, ‘उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ, व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ। मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो। अनि जो व्यक्तिको बारेमा कुरा गर्छ‚ अरुको कुरा काट्छ‚ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ।’

छोरी मान्छेले सानो उमेरमा राम्रो नराम्रो छुट्याउन नजान्ने र मान्छेका जालझेल नबुझ्ने कुरा उनले स्टाटसमा उल्लेख गरेकी छन्। ‘सानो उमेरमा छोरी मान्छे बहकिन्छन्। भविष्यको बारेमा निर्णय गर्न जान्दैनन्। देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरूलाई थाहा हुँदैन‚’ उनले लेखेकी छन्, ‘सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ।’

आफू गायिका बन्नकै लागि जन्मेको भन्दै स्वरले साथ दिँदासम्म गाइरहने जिकिर उनले गरेकी छन्। उनले लेखेकी छन्, ‘कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु।’

आफूलाई अपशब्द प्रयोग गर्नेहरूप्रति आक्रोश व्यक्त गर्दै कसैलाई पनि अपशब्द प्रयोग गरेर गाली गलौज गर्ने अधिकार नरहेको जनाएकी छन्। साथै नबोली बस्दा धेरैले हेपेको भन्दै अबका दिनबाट चुप नलाग्ने संकेत पनि उनले गरेकी छन्। ​

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal