समीक्षा भन्छिन् –अबका दिनबाट म चुप लागेर बस्दिन
काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई आफ्नो बारेमा कुरा काट्नेहरूलाई तल्लो स्तरका मानिसको संज्ञा दिएकी छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले आफ्नो असन्तुष्टी व्यक्त गरेकी हुन्। मानिस तीन किसिमका हुने भन्दै समीक्षाले लेखेकी छन्, ‘उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ, व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ। मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो। अनि जो व्यक्तिको बारेमा कुरा गर्छ‚ अरुको कुरा काट्छ‚ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ।’
छोरी मान्छेले सानो उमेरमा राम्रो नराम्रो छुट्याउन नजान्ने र मान्छेका जालझेल नबुझ्ने कुरा उनले स्टाटसमा उल्लेख गरेकी छन्। ‘सानो उमेरमा छोरी मान्छे बहकिन्छन्। भविष्यको बारेमा निर्णय गर्न जान्दैनन्। देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरूलाई थाहा हुँदैन‚’ उनले लेखेकी छन्, ‘सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ।’
आफू गायिका बन्नकै लागि जन्मेको भन्दै स्वरले साथ दिँदासम्म गाइरहने जिकिर उनले गरेकी छन्। उनले लेखेकी छन्, ‘कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु।’
आफूलाई अपशब्द प्रयोग गर्नेहरूप्रति आक्रोश व्यक्त गर्दै कसैलाई पनि अपशब्द प्रयोग गरेर गाली गलौज गर्ने अधिकार नरहेको जनाएकी छन्। साथै नबोली बस्दा धेरैले हेपेको भन्दै अबका दिनबाट चुप नलाग्ने संकेत पनि उनले गरेकी छन्।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





