संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको छः राष्ट्रपति भण्डारी

२०७९ आश्विन ३ गते, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै भण्डारीले मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सबै अग्रजप्रति सम्मान जननाइन् ।

 

‘नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ’, सन्देशमा भनिएको छ, ‘वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सीर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।’

संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा राष्ट्रपतिको जोड छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

 

100 Views

ताजा

एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित

२०८२ पुष २ गते, बुधबार

एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित

२०८२ पुष २ गते, बुधबार

‘मिरमिरे’ को गीतमा दयाहाङ पत्नी बेनुकाको स्वर

२०८२ पुष २ गते, बुधबार

भोलिदेखि बुटवलमा औद्योगिक प्रदर्शनी

२०८२ पुष २ गते, बुधबार

निर्वाचन आचारसंहिताः १० वटा झण्डा मात्रै प्रयोग गर्न पाउने

२०८२ पुष २ गते, बुधबार

एमाले महाधिवेशनमा मतदान सुरु

२०८२ पुष २ गते, बुधबार

औचित्य पुष्टि हुनेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

२०८२ पुष १ गते, मंगलवार

एमालेको ११औं महाधिवेशनः अपरान्ह ४ बजेपछि मात्रै मतदान

२०८२ पुष १ गते, मंगलवार

आजदेखि बाघ गणना

२०८२ पुष १ गते, मंगलवार

अमेरिकाबाट उर्मिलाको ख्रीष्टमस कोसेली ‘ख्रीष्टको प्रेममा’ (भिडियो)

२०८२ पुष १ गते, मंगलवार

‘झरिपछिको इन्द्रेणी’ मा मेयर बालेनले गाएका गीत’आम नेपाली बुवा’

२०८२ मंसिर २९ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal