टुकुचा खोल्न ५८८, वटा घरमा डोजर चल्दै । स्याबास बालेन तिम्रो हिम्मतलाई स्यालुट छ भन्दै चौतर्फी प्रशंसा ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कामको एक पछि अर्को प्रशंसा चुलिरहेको छ । भूमाफियाहरुको कब्जामा परेर बर्शौदेखी हराइरहेको टुकुचा खोलाको खोजीमा डोजर चलाए पछि बालेनको चर्चा फेरी शिखरमा पुगेको छ ।
भूमाफियाहरुले खोलै गायब बनाएर गरेको का,लो धन्दा बालेनले छता छुल्ल पारिदिएका छन् । टुकुचा खोला खोज्ने बालेनको हिम्मतलाई मान्ने पर्छ भन्दै विरोधीहरुले समेत प्रशंसा गर्न थालेका छन् । केहि दिन अघि जयनेपाल हलको आगनमा डोजर चलाएर काठमाडौँ महानगरपालिकाले पुरीएको टुकुचा खोला फेला पारे पछि अहिले यहि बिषयले बजारतताएको छ ।
अहिले दिनहुँ बालेनको डोजर टुकुचा खोला खोज्न जय नेपाल आसपास खटिएको छ । सानो तिनो हिम्मतले भने बालेनको यो काम पक्कै गरिरहेका छैनन् । टुकुचा खोला माथी बनेका ५८८, वटा साना ठुला घरभत्काउन पर्ने देखिएको छ । त्यसका लागी तयार भएरनै बालेनले यो हिम्मत गरेका छन् ।
बुढा निलकण्ठदेखि सुरुहुने टुकुचा खोला थापा थलीको कालमोचनबाट वागमतीमा मिसिन्छ । यसको लम्बाई साढे ५, किलोमिटर रहेको छ । यही टुकुचा खोला वर्षौंदेखि अतिक्रमण भएको थियो । खोला माथि अनेक संरचना बनेका छन् । यी संरचना हटाएर खोलालाई खुला गर्न महानगरलाई सजिलो छैन ।
महानगरले अहिले मिचिएको खोला खुलाउन सक्रिय भएको छ । टुकुचा खोला पत्ता लागेसँगै मिचिएको ४, सय ५०, मिटर खोला पहिलेकै अवस्थामा फर्किन्छ त । अहिले जहाँ खोला भेटिएको छ । त्यहाँ ठूलाठूला व्यापारिक भवनहरु छन् । अहिले थोरै मात्र भेटिएको खोला त्यतिकै छोड्ने कि सुरुदेखि नै मिचिएको ठाउँबाट खाली गराउने भन्ने चुनौती महानगरलाई छ ।
जय नेपालहलदेखि काठमाडौं प्लाजासम्म ४, सय ५०, मिटर खोला गायब छ । काठमाडौंमा महानगरपालिकाका यसअघिका नेतृत्वलाई खोला गायव भएको थाहा नभएको होइन । विगतमा पटकपटक खोला भएको संरचना हटाउन महानगरले भनेको थियो । तर यसमा गम्भीर ताकेता गर्न सकेन ।
महानगरमा बालेन साह आएपछि टुकुचाको खोजीमा जुटेकाहुन । महानगरले सूचना जारी गरेर टुकुचा खोलाको अतिक्रमण खुलाउन समय दिएको थियो । सूचना जारी गरेलगत्तै साहले खोला कहाँबाट मिचिएको हो भनेर विज्ञहरुसँग छलफल गरेका थिए । त्यही क्रममा शहरी विकास मन्त्रालयको उपत्यका विकास प्राधिकरणले करिडोर बनाउन अध्ययन गरेकोथियो ।
बोनाफाइड इञ्जि नियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको उक्त पूर्वसम्भाव्यता प्रतिवेदनमा टुकुचा खोला कहाँ कसरी मिचिएको भन्ने प्रष्ट देखिन्छ । सोही प्रतिवेदनलाई आधार मानेर मेयर साहको टोलीले टुकुचा खोलाकहाँबाट गायब भएको हो भनेर खोजी गरेको हो । त्यसमा स्थानीयले पनि साथ दिए । टुकुचा खोला फर्काउन महानगरले विभिन्न चरणमा कामथालेको छ ।
मेयर बालेनको सचिवालय सदस्य सुनिल लम्सालले सुरुमा खोला कतादेखि मिचिएको हो भन्नेमा धेरै अलमलमा परेको बताए ।उनले भने हिजो हामीले फर्स्ट फेजमा टुकुचा छ कि भनेर जहाँ टिमार्क गरेका थियौं । त्यहाँ नै खन्दा भेटियो ।
महानगरले जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म ४, सय ५०, मिटरमा मिचिएको ठाउँमा पर्ने घरहरुलाई खाली गर्न सूचना दिइसकेको छ । अहिले महानगरले खोलामा पर्ने घरहरुमा रेखांकन गर्दैछ । रेखांकन गरिसकेपछि साइट क्लियर गरिने सचिवालय सदस्य लम्सालले बताए ।
उनले भने । बीचमा जति पनि घरहरु पर्छन् उहाँहरुलाई सुचना दिइसकेका छौं । पहिला साइट क्लियरेन्स गर्छौं । रेखांकनहरु गर्दैछौं । रेखांकन गरेर त्यसलाई क्लियर गर्छौ । लम्सालका अनुसार १२,मिटर क्लियर गरेपछि टुकुचा खोल्ने महानगरको योजना छ । त्यसको लागि ठेक्का खुलाउन योजना पनि बनाइसकेको छ । ठेक्का प्रक्रिया छिटै अघि बढिहाल्ने उनले उल्लेख गरे । त्यसपछि व्यवस्थित रुपमा टुकुचा करिडोरको रुपमा विकसित गर्ने योजना महानगरसँग रहेको उनलेबताए ।
जयनेपाल हलदेखि टनेल गरेर खोला काठमाडौं प्लाजासम्म लगिएको छ । ३,फिटसम्म माथिबाट माटोले खोला पुरेको छ ।लम्साल भन्छन । त्यहाँ पहिलो खाल्डो ठाउँ हो । खोला पुरेर उनीहरुले त्यसलाई जमिन बनाएका छन् । त्यो खोला पहिला धेरै चौडा थियो ।
पहिला खोला कम्तिमा १२, मिटरदेखि ५०, मिटरसम्म चौडा थियो । स्थानीयका अनुसार खोला एकदमै ठूलो थियो । खोलालाई पूर्ववत अवस्थामा फर्काउन नसके पनि त्यसलाई एउटा करिडोर खोलाको रुपमा पहिलाको पूर्ववत अवस्थामा फर्काउने काठमाडौं महानगर पालिकाकी उपमेयर सुनिता डंगोलले बताइन् ।
खोला खाली गराएर करिडोर बाटो बनाउने र करिडोर बाटोको मुनि ढलहरु खोलामा मिसिन नदिनका लागि सबै योजना तयार गरेको महानगरको दा,बी छ । डंगोलका अनुसार कार्यन्वयनमा लग्ने तयारी भइरहेको छ ।
अब बीचमा पर्ने घरहरु भ,त्काउने तयारी छ महानगरको । तर कसले खोलालाई व्यक्तिको नाममा पास गरिदियो भन्ने इतिहास खोज्नु पर्नेछ महानगरले ।सचिवालय सदस्य लम्साल भन्छन खोलालाई जसले यो अवस्थामा पुर्यायो तिनीहरुलाई पनि कारबाहीको प्रकिया अगाडि बढाएका छौं । यो भनेको गैर,कानुनी काम हो । खोलालाई दुनियाँमा कहि पनि यसरी मिच्न पाइँदैन । बिगार्न पनि पाइदैन ।
जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म ५,सय ८८, वटा घरले खोला मिचेको फेला परेको महानगरले जनाएको छ । ती सबै घरहरु हटाउने लम्सालले बताए ।उनले भने । खोला मिचिएको ठाउँमा क्लियर नै गर्छौं । घरले पुरै मिचिएको रहेछ भने पुरै घर भत्काउनै पर्यौ । कसै-कसैको थोरै, थोरै भत्किन्छ । कुनै,कुनै घरको अलि धेरै क्षति हुन सक्छ ।
अब टुकुचा खाली नहुँदा सम्म काम निरन्तर चल्ने लम्सालले बताए ।अब घरहरु प्वाल पार्नुपर्यो । भित्ताहरु फोड्नुपर्यो । मेसिनले भत्कायो भने घरनै ढल्ला । खोला हामीले पुरै खोल्छौं । खोला पूर्ववत अवस्थामा नै फकाउँछौं । त्यसमा हामी ढुक्क छौं । उनले भने । साभार =ओटिभि
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





