कमल थापाले ‘गाई’ नपाउने पक्कापक्की, कति मत आउला तिरमा ?

२०७९ श्रावण २९ गते, आईतवार

काठमाडौं । राप्रपा नेपालले चुनाव चिन्हका रुपमा माग्दै आएको ‘गाई’ चिन्ह नपाउने लगभग पक्कापक्कीजस्तै भएको छ । गाई चिन्ह नपाउने सम्भावना भएपछि राप्रपा नेपाल संकटमा परेको छ ।
राप्रपा नेपालले गाई चिन्ह भएपछि जनताले धेरै मत दिन्छन् भन्ने सोचेको थियो । सर्वोच्च अदालतमा आज यसबारे निर्णय लिने भनिएको छ तर पेसीमा १७ नम्बरमा परेकाले आजै टु्ंगो लाग्ने सम्भावना कमजोर बन्दै आएको छ । पार्टीमा आन्तरिक विवाद भएपछि राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले पार्टी आफूहरुको भन्दै अदालतमा पनि आधिकारिकताको विषयमा प्रश्न उठाएका छन् । राणाले, थापालाई कुनै पनि अवस्थामा पार्टी जिम्मा लगाउन नसकिने र अदालतबाट न्याया पाउने विश्वास लिएका छन् ।

केही समयअघि नै आफूहरुले ‘गाई’ चिन्ह पाएको भन्दै राप्रपा नेपालले खुशियाली मनाएको थियो । सर्वोच्च अदालतले मंगलबारको लागि तोकिएको पेसी आज साउन २९ गतेसम्मका लागि सारेको थियो । गत आइतबार (साउन २२ गते) मंगलबारका लागि पेशी तोकिएको थियो । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपबिक्रम राणाले राप्रपा नेपाललाई गाई चिन्ह दिन नहुने भनेर सर्वोच्चमा गत साउन ८ गते निवेदन दिएका थिए । अदालतमा समेत आफूलाई कमजोर पर्ने गरी काम भएकोमा राणाको आपत्ति छ । राणाले थापासरह आफ्नो राजनीतिक हैसियत भएकाले कतै पनि बिभेद नगर्नसमेत सम्बन्धित निकायलाई आग्रह गरेका छन् । ‘गाई भए भोट आउँछ भन्ने लागेको छ, गाई नहुँदा तिरमा मत आउँछ भन्ने उनलाई लागेको छैन’ राणाले भने ‘पार्टीको आधिकारिकताको विवादलाई पनि केलाउने हो भनें सर्वोच्चमा वहस लम्बिन सक्छ, निर्वाचन आयोगमा दल दर्ता गर्ने समय पर्सी मंगलबारसम्ममात्र छ ।’ राणाले दलकै विवाद भइरहँदा त्यसको टुंगो नलागेसम्म अन्य प्रक्रियामा जान नमिल्ने दाबी गरेका छन् । थापाले गाई चिन्ह र राजसंस्थालाई बेचेर खाएको समेत राणाले आरोप लगाएका छन् । राणाले राप्रपा र राप्रपा (नेपाल) बीच एकता भएपछि कमल थापा अध्यक्ष रहेको राप्रपा (नेपाल) नरहेको र आफूहरुले नयाँ दल दर्ता गरेको स्पष्ट पारेका छन् । राणाले, कमल थापाले हिजोदेखि नै पार्टीलाई समाप्त गर्ने योजना बनाएर आफ्नो व्यक्तिगत फाइदका लागिमात्र काम गरेकाले त्यो पार्टीका नेता तथा कार्यकर्तालाई पनि भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

राणाले निवेदन दिएपछि विवादित बन्दै आएको गाई चिन्ह राप्रपा नेपाललाई दिन नमिल्ने भन्दै राप्रपाले पनि आपत्ति जनाएको छ । राप्रपाले आफ्नो झण्डामा गाई भएकाले अर्को पार्टीलाई निर्वाचन चिन्ह दिनु अव्यवहारिक भएको जनाएको छ । कुनै समय राप्रपा नेपालको निर्वाचन चिन्ह गाई थियो । गाई चिन्ह भएकाले नै राप्रपाले समानुपातिकतर्फ धेरै मत ल्याएको थियो । निर्वाचन आयोगले राप्रपा नेपाललाई गाई चिन्ह दिन नमिल्ने जनाइसकेको छ । राणाले पार्टीले जनताको पक्षमा काम गरे निर्वाचन चिन्ह जे भए पनि फरक नपर्ने तर्क गरेका छन् । आफ्नो पार्टीमा आएर साधारण सदस्य हुँदै अध्यक्ष भएर थापाले पार्टी कब्जा गरेकामा राणाले आपत्ति जनाएका छन् । त्यतिमात्र होइन राणाले हिम्मत भए अर्को पार्टी गठन गरेर राजनीति गर्न पनि थापालाई चुनौती दिएका छन् ।

गत फाल्गुण १ गते थापा अध्यक्ष बनेका थिए । अहिले राप्रपा नेपालको चुनाव चिन्ह तीर रहेको छ । राणाले राप्रपा नेपालले मुद्धा फिर्ता लिएर सहयोग गर्न आफूलाई पार्टीले विभिन्न प्रलोभन दिएको भए पनि त्यसलाई बेवास्ता गरेको बताएका छन् । राणा २०७३ सालमा भएको राप्रपाको एकता महाधिवेशनमा थापासँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । राणाले आफ्नो पक्षमा धेरै मत आए पनि गणना गर्दा नदेखाइएको आरोपसमेत लगाएका छन् ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal