अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न

२०८२ चैत्र १३ गते, शुक्रबार

न्यूयोर्क । नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन कानुन देखि समुदायले प्राप्त गर्न सक्ने सेवा सुविधाका सन्दर्भमा  शनिवारको संवादमा  छलफल भएको थियो  । समुदायमा भएका विभिन्न सामाजिक गतिविधिमाथि चर्चा परिचर्चा भएको संवादमा न्यूयोर्क स्थित नेपाली महावाणिज्य दुतावासको कार्यालयले दिने सेवाका सन्दर्भमा पनि जानकारी गराईएको थियो ।

संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको संवादमा महावाणिज्यदुत दधी राम भण्डारीले  समुदायको साथ र सहयोगले अझ बढी सेवा गर्न महावाणिज्यदुतावास सफल हुने बताउनुभयो । उहाँले नेपालको निम्ति डायस्पोरा शक्ति भएको र यो शक्ति विभाजित हुन नहुनेमा जोड दिनुभयो ।

सो अवसरमा विषय वक्ता एर्टोनी डिल्लीराज भट्टले जुन देशमा बसेका हुन्छौं त्यो देशको कानुन मान्नु अनिवार्य भएको बताउँदैं सजगकताका साथ नियम अवलम्वन गर्न सबैलाई सुझाउनुभयो । संघकी डिसी मेट्रो क्षेत्रकी संयोजक सिर्जना काफ्लेको संचालन रहेको संवादमा वाणिज्यदुत प्रेम वहादुर बुढथापा,गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सत्येन्द्र साह, सामाजिक अभियन्ता डा। विष्णुमाया परियार, फिप्नाका अध्यक्ष तोरन गुरुगं, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष वासु लामिछाने, प्रवासी नेपाली मञ्चका अमेरिकाका निवर्तमान अध्यक्ष कृष्ण लामिछाने, एनआरएनए अभियन्ता सूर्य लम्साल सामाजिक अभयन्ताहरु धनीराम सापकोटा, प्रभा अधिकारी, पत्रकार रोशन सापकोटा, बेगम पण्डित, सुमन लिम्बु, हर्क बोहरा, शेर्पा संघका एपी लामा, पुरन लिम्बु, कृष्ण आचार्य, शैलेन्द्र श्रेष्ठ, यादब बांस्तोला, शान्ता थोकर, बिनीता तामागं, मनिता गुरुगं, मनोज घिमिरे लगायतको उपस्थिती थियो ।

कार्यक्रममा संचारकर्मीहरु लोकमणी राई, प्रदीप परियार थापा लगायतले धारणा राख्नुभएको थियो ।कार्यक्रममा नेजाका पुर्ब महासचिब किरण मरहट्ठा, नेपाल सरकारका पुर्व पर्यटन दूत गोकुल श्रेष्ठ, पत्रकार सरगम भट्टराई, बद्री गौतम, अनुज थापा, बिकी पुलामी, नबिन अर्याल, दिपक परियार,  फिप्नाका महासचिब दिपक चौधरी, दर्शन ठकुरी समाजका अध्यक्ष मिलन शाही, न्युयोर्क डिस्ट्रिक ३० का एसेम्ली मेम्बर सोमनाथ घिमिरे, अमित प्रताप शाह, सन्जीब श्रेष्ठ, संजोग आचार्य, सुमन थाडसुहागं, प्रदिप खड्का, आकुर लुईटेल, नेपाली अमेरिका कलाकार संघकी अध्यक्ष बसन्ती राई, रिजवुड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, जमैका नेपाली समाजका अध्यक्ष पुस्कर खनाल, सचिब पारस भारद्वाज लगायत सामाजिक अभियन्ताहरुको उपस्थिती थियो । संघकी उपाध्यक्ष कल्पना घिमिरेको धन्यवाद ज्ञापन र पूर्व उपाध्यक्ष मच्छेदेवी गुरुगंको स्वागत मन्त्व्य रहेको संवादमा नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, सल्लाहकार  मोहनसिंह लामा, मध्य क्षेत्रका क्षेत्रीय संयोजक ओम आचार्य लगायतले नेजाका गतिविधिमाथि प्रकाश पार्दै पत्रकार,  नेजा र  समुदायको सम्बधबारे   धारणा राख्नुभएको थियो । संवादमा पत्रकार , अधिकारकर्मी, सरकारी प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

19 Views

ताजा

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग

२०८२ चैत्र १३ गते, शुक्रबार

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग

२०८२ चैत्र १३ गते, शुक्रबार

अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न

२०८२ चैत्र १३ गते, शुक्रबार

गृहको बागडोर सुदन गुरुङलाई

२०८२ चैत्र १३ गते, शुक्रबार

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

२०८२ चैत्र १३ गते, शुक्रबार

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

२०८२ चैत्र १३ गते, शुक्रबार

नयाँ प्रधानमन्त्रीको रुपमा आज बालेनको शपथ

२०८२ चैत्र १३ गते, शुक्रबार

बालेन शाह रास्वपा संसदीय दलको नेता

२०८२ चैत्र १२ गते, बिहीबार

सकारात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड

२०८२ चैत्र १२ गते, बिहीबार

२७४ नवनिर्वाचित सांसदले लिए शपथ

२०८२ चैत्र १२ गते, बिहीबार

पत्रकार मोहन कार्की बने रास्वपाका जिल्ला उपसभापति

२०८२ चैत्र १२ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal