‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि अर्को चलचित्र ‘मिरमिरे’ आउँदै

२०८२ मंसिर २५ गते, बिहीबार

काठमाडौं । गत वर्ष बाउ र छोराबीचको इमोस्नल सम्बन्ध रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले ऐतिहासिक ग्रसकलेक्सन गर्‍यो । नेपालबाट मात्रै झण्डै ५० करोड रुपैयाँ ग्रसकलेक्सन गर्‍यो । यो सिनेमामा बाउले छोराका लागि गरेको संघर्षलाई दर्शकले मन पराउँदा चलचित्रले ऐतिहासिक रेकर्ड बनायो ।

यो वर्ष अर्को चलचित्र ‘परान’ले पनि अहिलेसम्मकै धेरै कमाइ गर्‍यो । यो चलचित्रमा पनि बाउ र छोराको कथा नै छ । छोराहरू आफूसँगै बसुन् भन्ने बाउ तर छोराहरू परदेशिने कथा छ । यसमा पनि बाउ र छोराबीचकै इमोस्नल कथा छ । यही इमोस्नल कथा दर्शकले रुचाए ।

अब यस्तै अर्को चलचित्र आउँदैछ, तर यो बाउ र छोराबीचको होइन, बाउ र छोरीबीचको इमोस्नल ड्रामा हो । सन्तानप्रति बाउआमाले गर्ने अथाहा स्नेह र त्याग अहिले नेपाली चलचित्र बजारमा बिक्री भएको कथा हो ।

यही कथा लिएर चलचित्र ‘मिरमिरे’ माघ १ गते आउँदैछ । छोरीका लागि बाउले गरेको संघर्ष यो सिनेमामा छ । आमाले घर छोडेपछि छोरी र बाउ मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ ।

छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ ?रु यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य ‘मिरमिरे’मा छ ।

छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ ।

“हरेक बुवाआमालाई आफ्ना सन्तानको अथाहा माया हुन्छ । त्यो माया कति देखाउने भन्ने मात्रै हो,” मिरमिरेका निर्देशक यम शेर्पा भन्छन्, “बुवाले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग हाम्रो चलचित्रले देखाउँदैछ ।”

हरेक घरघरको कथा भएकाले ‘मिरमिरे’लाई दर्शकले मन पराउने र अधिकांशले आफूमा रिलेट गर्ने उनी बताउँछन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

8 Views

ताजा

दोस्रो हप्तामा ‘अभिमन्यु’

२०८२ मंसिर २५ गते, बिहीबार

दोस्रो हप्तामा ‘अभिमन्यु’

२०८२ मंसिर २५ गते, बिहीबार

‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि अर्को चलचित्र ‘मिरमिरे’ आउँदै

२०८२ मंसिर २५ गते, बिहीबार

राजापुर गोलीकाण्डका आरोपी कैलालीबाट पक्राउ

२०८२ मंसिर २५ गते, बिहीबार

आगामी पुसमा ‘झरीपछिको इन्द्रेणी’

२०८२ मंसिर २५ गते, बिहीबार

उच्च अदालत बुटवलमा आज रवि र छविको मुद्दाको पेसी

२०८२ मंसिर २५ गते, बिहीबार

चन्द्र भण्डारीद्वारा पार्टी सभापतिमा उम्मेदारी घोषणा

२०८२ मंसिर २४ गते, बुधबार

आज भव्यरुपमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

२०८२ मंसिर २४ गते, बुधबार

समाजको ठूलो हिस्सा राज्यसत्ताबाटै संरक्षित र उत्पीडनको शिकार बन्दैः प्रचण्ड

२०८२ मंसिर २४ गते, बुधबार

आज लुम्बिनी र काठमाण्डु भिड्दै

२०८२ मंसिर २४ गते, बुधबार

निर्वाचन आउन ८५ दिन बाँकीः केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग

२०८२ मंसिर २४ गते, बुधबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal