बरालले गरे त्रिविको उपकुलपतिमा पदभार ग्रहण

२०८० फाल्गुन ११ गते, शुक्रबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजंग बरालले शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय पदभार ग्रहण गरेका छन्।

उनलाई कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा निमित्त कुलपति प्रा. डा. शिवलाल भुसालले पदभार ग्रहण गराएका हुन्।

कार्यक्रममा त्रिविका रेक्टर, रजिस्ट्रार, डिनलगायत पदाधिकारीहरु उपस्थित थिए। पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले बिहीबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन्।

उपकुलपति छनौट समितिले आवेदन दिएका ४३ जनामध्ये ३ जनाको नाम छनौट गरेको थियो। तीन जनामा बरालसहित, प्रा. डा. चित्रबहादुर बुढाथोकी र प्रा. डा. टंकनाथ धमला छानिएका थिए।

बरालले उपकुलपति नियुक्त भएपछि विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य गर्ने र शैक्षिक क्यालेन्डर लागू गर्ने प्रतिबद्धता जनाएका छन्।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १६ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १६ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal