ओलीको प्रश्नः बम हान्ने र टाउकाको मूल्य तोक्नेले सङ्क्रमणकालीन न्यायको काम किन नटुङ्ग्याएको ?

२०८० फाल्गुन १ गते, मंगलवार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायको काम पीडितको इच्छा विपरीत गएर नटुङ्गिने बताउनुभएको छ ।

सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्ग्याउनु पर्छ भन्ने कुरामा एमाले स्पष्ट रहेको ओलीले बताउनुभयो । मानवअधिकार एलाइन्सले मंगलबार आयोजना गरेको मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडित माथि मेरो सहमति छ भनेर जबरजस्ती हस्ताक्षर गराउन नमिल्ने बताउनुभयो । ओलीले माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने पक्षमा नै नरहेको बत्ताउनुभयो । त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुङ्ग्याएर पीडित माथि अन्याय गरिएको उहाँका भनाइ छ ।

हिंसा मच्चाउनेहरू १८ वर्ष अघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ‌ओलीले आपत्ति जनाउनुभयो । टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा छन्, सङ्क्रमणकालीन न्यायको काम किन नटुङ्ग्याएको ?’, ओलीले प्रश्न गर्नुभयो । आफू सरकारमा रहँदा सङ्क्रमणकालीन न्याय टुङ्ग्याऊँ, पीडितलाई न्याय दिऊँ भनेर लागेको भए पनि उहाँहरूले बेवास्ता गरेको ओलीले बताउनुभयो । ‘उहाँहरूलाई नचाहिँदासम्म वास्ता गर्नुहुन्न, चाहिएपछि भोली नै टुङ्ग्याउनु पर्‍यो, पर्सिनै टुङ्ग्याउनु पर्‍यो भन्नुहुन्छ’, ओलीले भन्नुभयो ।

126 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal