काभ्रेको खानीखोलामा नक्कली नोटको बिगबिगी, कारोवारमा संलग्नलाई बचाउन हारगुहार
काभ्रे, खानिखोला । काभ्रेको खानीखोलामा अहिले नक्कली नोटको व्यापक विगविगी बढेको छ । स्थानीय जात्रामा नक्कली नोटको कारोवार गर्ने गिरोहका केहीको पहिचान भएसँगै उनीहरुलाई बचाउन हारगुहार शुरु भएको छ ।
नक्कली नोटको कारोवार गर्ने मध्येका त्यहीका पुर्व वडा अध्यक्ष समेत रहेका खानिखोला ७ का क्षेत्रमान घ्यावा, उनको सालो सोहि वडाका सन्तलाल सिंतान, वडा सदस्य सुरेश पुलामी र वडा नम्वर ४ का मिलन जिम्बाको पहिचान भएको स्थानीयहरुले बताएका छन् । पहिचान खुलेसँगै राजनीतिक रुपमा संरक्षण गर्न तथा गाउँका कुरा गाउँमै बसेर मिलाउन वडा अध्यक्ष रामबहादुर मोक्तान सहितलाई हारगुहार गरिएको छ । ‘केहि ब्यक्तिहरु मलाई बचाउनु प¥यो, गाउँको कुरा गाउँमै बसेर मिलाउ भन्दै आउनु भएको छ’–वडा अध्यक्ष रामबहादुर मोक्तानले भने–‘नक्कली नोटको कारोवार कुनै सामान्य घटना नभएकाले मिलापत्र अर्थात सामसुम पार्न सम्भव छैन । कानून अनुसार हुने कारवाहीमा मेरो समन्वय हुन्छ भनेर पठाई दिएँ ।’ प्रहरीले भने अझै उक्त घटनाका बारेमा अनुसन्धान बढाएको छैन । तर प्रहरी प्रमुख एसपी भागेन्द्र पुरुष ढकालले घटनाका बारेमा सूचना प्राप्त भएकाले प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताए ।
खानीखोला गाउँपालिका वडा नम्बर ७ मा २०८० मंसिर २४ गते भएको धार्मिक तथा सांस्कृतिक कार्यक्रम तथा स्थानीय परम्परा अनुसार लाग्ने पशुपति जात्रा मेलामा सन्चालन भएका चिया पसल, किराना पसल, तथा खुद्रा व्यापार व्यवसाय गरी स्थानीय उत्पादनबाट जीविका चलाउने आशा बोकेर स्थानीय किसानहरूले गरेको कारोबारमा नक्कली नोटको कारोवार भएको थियो । जात्रामा फेला परेका नक्कली नोटहरु वडा सदस्य समेत रहेका खानीखोला गाउँपालिकाका न्यायिक समिति सदस्य सुरेश पुलामीले संकलन गरेका थिए । संकलित नोटहरु नेपाली काँग्रेसका वडा समिति सभापति समेत रहेका पुर्व वडा अध्यक्ष क्षेत्रमान घ्यावालाई बुझाएका थिए । घ्यावाले गाउँपालिका अध्यक्ष इन्द्र थिङलाई बुझाउँछु भन्दै बनेपा आएको स्थानीयहरुले बताएका छन् । राति १० बजेतिर नक्कली नोटको कारोवार गरिरहेका वडा नम्वर ४ का मिलन जिम्बालाई स्थानीय जात्रा ब्यवस्थापन समितिका सदस्यहरुले नियन्त्रणमा लिएका थिए ।
वडा सदस्य समेत रहेका सुरेश पुलामी सांस्कृतिक कार्यक्रममा आसन र भाषण समेत गर्न नगई जात्रामा लंगुरबुर्जा खेलाएर बसेका थिए । त्यहि लंगुरबुर्जामा समेत नक्कली नोटको कारोवार भएको थियो । उनी यस अघि तासको खालमा बसेको तस्विर सार्वजनिक भएको थियो । अझै सुरेश पुलामीको घरमा भएको हतियार विना इजाजतको हो । उनले सोहि हतियार बोकेर खिचेको तस्बिर समेत मदानी विटलाई प्राप्त भएको छ । उनै पुलामीले मिलन जिम्बालाई लिएर क्षेत्रमानलाई बुझाएका थिए । सोहि राति मिलनले एक हजारको नक्कली नोट तत्काली फिर्ता लिएका थिए । यस अघि आयोजित हरिवोधनी एकादशीमा लागेको मिल्चेको जात्रामा पनि नक्कली नोटको कारोवार भएको बताईएको छ । मसिंर ७ गते उक्त जात्रा लागेको थियो । त्यहाँ पनि केहि थान हजारका नोट फेला परे पछि च्यातेर फालेका थिए । स्थानीय तथा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका समयमा पनि यस्ता नोटहरुको कारोवार भएको स्थानीयले बताए । मसिंर २४ गते राति विक्री गरिएका केहि नोट धेरै पुराना छन् ।
केहि पैसा फिर्ता
‘वडा सदस्य समेत रहेका सुरेश पुलामीले नक्कली नोटको दोब्बर रकम फिर्ता गरे’–स्थानीय ब्यवसायीले भने– ‘मंगलबार विहान मसिंर २६ गते वडा सदस्य सुरेश पुलामी, क्षेत्रमान घ्यावा, सन्तलाल सिंतान लगायतले नक्कली हजारका नोटको प्रति हजार दुई हजारका दर फिर्ता गर्दै उक्त नोट फिर्ता लिएर गए । सुरेश नपुगेका स्थानमा क्षेत्रमानले आफन्त समेत पठाएर रकम फिर्ता लिएका छन् ।’ उनिहरुको संलग्नता थिएन भने नक्कली नोट फिर्ता लिदै किन दोब्बर पैसा तिरे रु स्थानीयले प्रश्न गरेका छन् । स्थानीय जात्रामा सुन्तला, बदाम, चिया चाउचाउ, चुरोट, चना चटपट, पानी पुरी लगायतको ब्यापार गरिएको थियो । अण्डा र चिया विक्री गरेर रातभर कुर्दा केहि रकम कमाउन सकिने आशमा चिसोको सिरेटोमा बसेका स्थानीयहरुलाई सुरेश पुलामी, सन्तलाल सिंतान सहितका ब्यक्तिहरुले ल्याएको नक्कली नोट उपलब्ध गराईएको थियो । उनिहरुले कहाँबाट त्यति धेरै परिणाममा नक्कली नोट ल्याए खुल्न सकेको छैन । घटना सामसुम पार्न स्थानीय वडाका जनप्रतिनिधिहरु, भद्रभलादमीहरुको मंगलबार भेला आयोजना गरिएको थियो । वडा अध्यक्ष रामबहादुर मोक्तानले नक्कली नोटको कारोबारमा छलफल नहुने भन्दै उठेर हिडेपछि पुर्व वडा अध्यक्ष समेत रहेका क्षेत्रमान घ्यावा, वडा सदस्य सुरेश पुलामी र सन्तलाल सिंतानले मसिंर २४ गते राति कारोवार भएको नक्कली नोट फिर्ता लिने र सोहि रकम बराबर दोब्बर रकम दिने निर्णय गरेका थिए । सोहि निर्णय बमोजिम मंगलबार नै स्थानीय चनमती दर्लामीलाई ३ हजारको ६ हजार उपलब्ध गराईएको छ भने च्यासे मगरको अण्डा र चिया पसलमा १ हजारको नोटको दुई हजार फिर्ता गरिएको छ । केहिले भने आफ्नो साँवा बाहेक थप रकम लिन चाहेनन् । आफन्तले नै नक्कली नोटको कारोबार गरेर ठगी गरेको सूचना पछि मध्यरातमा खैलाबैला भएको थियो । स्थानीयले उनिहरुलाई नियन्त्रणमा लिए पनि भाग्न सफल भएका थिए । रत्नबहादुर मोक्तानले एक हजारको दुई हजार पाएका छन् । नक्कली नोटको कारोवारमा गिरोह नै संलग्नको आंशका गरिएको छ । करिव २५ हजार भन्दा धेरै नक्कली नोट कारोवार भएको आशंका गरिएको छ । गिरोहका सदस्यहरुले शुरुमा आफै र पछि बच्चाहरु मार्फत उक्त नोटको कारोवार गराएका थिए । थोरैको सामान किनेर हजारको नोट दिएर सामान पनि पैसा पनि ठगेर हिडेको चार घण्टा पछि मात्रै स्थानीयले थाहा पाएका थिए । स्थानीय ब्यवसायीहरुले हजारको नोट (ठुलो नोट) भन्दै अलग्गै राखेकाले कसले दिएको हो सहजै पहिचान भएको बताईएको छ ।
यस सम्बन्धी समाचार काठमाडौंबाट हरेक शुक्रबार प्रकाशित हुने समय दृष्टि साप्ताहिकले गत शुक्रबार प्रकाशित गरिसकेको छ ।
ताजा
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबार
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ चैत्र २५ गते, बुधबार
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न
२०८२ चैत्र २३ गते, सोमबार
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
२०८२ चैत्र २२ गते, आईतवार
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८२ चैत्र २२ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





