राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ: पूर्व राजा ज्ञानेन्द्र शाह

२०७९ पुष २६ गते, मंगलवार

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको बताएका छन् ।
३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अङ्क तथा आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको बताउँदै पुनरावलोकनको औचित्य औँल्याएका हुन् ।

शाहले भनेका छन्, ’राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौँ। सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन ।राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता हो । राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहँदै समन्वयकारी जिम्मेवारी पुरा गर्न शाह वंशीय राजसंस्था कहिले चुकेको छैन । हरेकका आ–आफ्ना राष्ट्रिय अवधारणा, अनुभूति र चासो चिन्ताका विषय सुन्न, बुझ्न हामी सदैव तत्पर रहेका छौँ ।’

छिन्न भिन्न विभाजनमा परेको नेपाल राष्ट्रको एकीकरण गरेर सिङ्गो र सबल आकार दिने श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह नेपाली इतिहासमा सदा स्मरणीय होइबक्सन्छ । नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लभ हुँदै गएको यो समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको छ । हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहका दिव्योपदेशहरूलाई आत्मसाथ गर्दै मौसुफले दर्शाइबक्सेको मार्ग दर्शनलाई अनुसरण गर्न सकेमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौँ

वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँदै गएका छौँ । राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनु पर्दछ । हामी चाहन्छौँ( देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न( प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रक्रियाबाट अघि बढोस् । राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौँ। सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अङ्क तथा आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ । त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ ।
राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता हो । राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहँदै समन्वयकारी जिम्मेवारी पुरा गर्न शाह वंशीय राजसंस्था कहिले चुकेको छैन । हरेकका आ(आफ्ना राष्ट्रिय अवधारणा, अनुभूति र चासो चिन्ताका विषय सुन्न, बुझ्न हामी सदैव तत्पर रहेका छौँ ।
जय नेपाल

156 Views

ताजा

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक

२०८२ फाल्गुन ८ गते, शुक्रबार

पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण

२०८२ फाल्गुन ८ गते, शुक्रबार

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा

२०८२ फाल्गुन ६ गते, बुधबार

बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने

२०८२ फाल्गुन ६ गते, बुधबार

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

२०८२ फाल्गुन ६ गते, बुधबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal