१० वर्षभित्र सातै प्रदेशमा केबलकार : चन्द्र ढकाल
रुपन्देही । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् ।
नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले शनिबार आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।
ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गरी सञ्चालनमा ल्याउने बताए । उनले आगामी तीन महिनाभित्र बुटवलमा निर्माण भैरहेको लुम्बिनी केबलकार सञ्चालनमा आउने पनि जानकारी दिए । बुटवलमा बनिरहेको केबलकार तीन महिनाभित्रै सञ्चालनमा आउने उनले बताए ।
बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार दुई महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने ढकालले जानकारी दिए । दुई महिनामा भौतिक संरचना निर्माणपश्चात् तीन महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने र त्यसपश्चात् केबलकार सञ्चालन हुने उनको भनाइ रहेको छ ।
ढकालले बुटवलमा केबलकार निर्माणपछि भारतीय पर्यटकको चाप बढ्ने बताए । उनले वसन्तपुर डाँडामा स्तरीय होटलसहित कामेश्वर महादेव भगवानको मन्दिर समेत निर्माण गरिने बताए ।
नेपालमा अहिले विशेषगरी चारवटा स्थानमा केबलकार सञ्चालनमा छन् । नेपालमा पहिलो पटक ०५५ सालमा मनकामना केबलकार सञ्चालनमा आएको थियो ।
ताजा
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबार
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबार
‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल
२०८२ फाल्गुन ८ गते, शुक्रबार
फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक
२०८२ फाल्गुन ८ गते, शुक्रबार
पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल
२०८२ फाल्गुन ८ गते, शुक्रबार
बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी
२०८२ फाल्गुन ८ गते, शुक्रबार
बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण
२०८२ फाल्गुन ८ गते, शुक्रबार
चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू
२०८२ फाल्गुन ६ गते, बुधबार
वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा
२०८२ फाल्गुन ६ गते, बुधबार
बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने
२०८२ फाल्गुन ६ गते, बुधबार
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव
२०८२ फाल्गुन ६ गते, बुधबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





