ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै पद्मा रावत

२०७९ श्रावण ११ गते, बुधबार

घरको सदस्य गुमाउँदा कुन परिवारलाई पी,डा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्या,गेर रोजेको जीवनसाथी अनि घरको मूल मान्छे गुम्दाको पी,डा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि सहनुको विकल्प पनि हुँदैन ।

त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भइ अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतको नेवारेमा अस्थायी रूपमा बस्दै आएकी पद्मा रावतको जीवनमा पर्‍यो । विश्वव्यापी महामारीका रूपमा फैलिएको को,रोना स,ङ्क्रमणका कारण पद्माले २०७८ वैशाख १७ गते पति बीरबहादुर बुढा गुमाउनु पर्‍यो । 

विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमुना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात पुग्नुभयो ।

त्यति बेला भारतमा दोस्रो लहरको कोरोना स,ङ्क्रमणको निकै ठूलो त्रासदी थियो । भारतमा को,रोना व्यापकरूपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि लकडाउन गरिएको थियो ।

बेर्ना लिएर नेपाल फर्केको केही दिनपछि उहाँलाई को,रोना स,ङ्क्रमण देखियो । ‘को,रोना स,ङ्क्रमण देखिएपछि उहाँ आफैँले एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जानुभएको थियो । त्यति बेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन’, पद्माले भन्नुभयो, दुर्भाग्य अस्पतालको आइसोलेशनमा केही दिनपछि उहाँको नि,धन भयो ।’ बीरबहादुरको नि,धनले परिवारको भरोसाको खम्बा ढल्यो ।

पति वियोगले उहाँलाई केही समय सम्हालिन गाह्रो भयो । असह्य पी,डाले जीवन आँसुको आहालमा परिणत भयो । मावि तथा आधारभूत तहमा पढ्दै गरेका छोरी र छोराले पितृत्वको अभावको महसुस गर्न थाले । पद्मालाई जीवन पतझर शिशिरको जस्तो लाग्न थाल्यो । तर पनि छोराछोरी हेरेर चित्त बुझाउनुको विकल्प थिएन उहाँलाई ।

पतिले लाखौँ रुपैयाँ ऋ,ण लिएर सुरु गरिएको ड्रागन फ्रुट खेती डुब्दै जाने अवस्था आयो । उहाँको विछोडको पी,डा एकातिर छँदैछ, अर्कोतिर त्यो ऋ,णको भारीबाट कसरी मुक्त हुने भन्ने चिन्ताले पद्मालाई पिरोल्न थाल्यो । सुरु गरिसकेको खेती छोड्ने अवस्था पनि थिएन र मूलतः ड्रागन फ्रुट खेती उहाँको पतिको जीवनको सपना थियो ।

पद्माको परिवार जाजरकोटको साल्मा पहाडबाट भित्री मधेसमा पर्ने सुर्खेत वीरेन्द्रनगरमा झर्दा धेरै मान्छेसँग चिनजान पनि थिएन । राम्रोसँग रहनसहन नभएको ठाउँमा मर्दा पर्दा गाउँको जस्तो सजिलै दुःख–सुख बाँड्न सक्ने अवस्था हुनु अझ परको कुरो भयो ।

झनै को,रोनाका कारण मृ,त्यु भएको भन्ने सुनेपछि भेटघाटमा आउने आफन्त र अन्य शुभचिन्तकहरू चाहेर पनि भेट्न मान्दैनथे ।

पति विछोडको वेदना खेप्दै गर्दा रोगको प्रकृतिले पनि झनै पीडा दिलायो रावतको परिवारलाई । त्यो बेला को,रोना स,ङ्क्रमण र त्यसबाट मृ,त्युको खबर सुन्नेहरू डरले नजिक नआएरै भाग्थे । कोभिड–१९ स,ङ्क्रमण भएको भनेपछि समाजले पनि कमजोर र अपमानित दृष्टिकोणले नजर लगाउँथ्यो ।

समाजको यस किसिमको व्यवहारले पीडा भएर रावतको दैनिकी आँसुको आहालमा परिणत हुन्थ्यो । त्यस बेला उहाँले मृ,तक पतिको सत्गद् आफ्नो संस्कारअनुसार पनि गर्न पाउनुभएन । पतिको अवसानको अन्तिम क्षण त्यो मृ,त भौतिक अनुहार हेर्न नपाएरै टाढैबाट हात हल्लाएर बिदाइ गर्नुपर्‍यो ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal