सुदखोरबाट भा,गेर काठमाडौंमा होटल चलाउँदै सिरहाकी बिनिता, भात बेचेर कसरी तिर्लिन् २४ लाख ?

२०७९ श्रावण ९ गते, सोमबार

सिरहाकाे औरही गाउँपालिका- ४ इँटाटारकी बिनिता यादव केही समयअघि घरबाट अचानक बे,पत्ता भइन् ।

कसैलाई खबरै नगरी बिनिता बे,पत्ता भएपछि परिवार उनको खोजीमा लाग्यो । तर, उनीहरुले कुनै मेसो पाउन सकेनन् कि बिनिता कता गायब भइन् !

बिनिताका श्रीमान् दिनेश यादवले ससुरालीमा पनि खोजखबर गरे । त्यहाँ पनि बिनिता नभएको खबर पाएपछि निराश दिनेशको केही जोर चलेन । एक न एक दिन त भेटिएलिन् भनेर प्रतीक्षामा बस्न थाले ।

दिनेशले श्रीमती हराएको भनेर प्रशासनमा उजुरबाजुर गर्न पनि सकेनन् । यसको एकमात्रै कारण हो, सुदखोर मोती यादव । भूतपूर्व शिक्षक मोतीले दिनेशलाई केही वर्षअघि ८ लाख रुपैयाँ ऋण दिएका थिए । केही समयपछि ४ लाख रुपैयाँ पनि थपिदिए । उक्त पैसा दिनेश-बिनिताले अर्को सुदखोरबाट जग्गा फुकुवा गर्न लिएका थिए ।

ऋण तिर्न दिनेश कतार उडे । सामान्य श्रमिकको हैसियतमा २०७६ सालमा कतार पुगेका दिनेशले १२ लाख त के, एक लाख पनि राम्रोसँग कमाउन सकेनन् । र, विदेश जाँदा म्यानपावर र एजेन्टलाई बुझाएको पैसा पनि ऋ,णमै राखेर नेपाल फर्के ।

दिनेश-बिनिताले १२ लाख ऋ,णका लागि १५ कठ्ठा जमिन दृष्टिबन्धक राखेका थिए । बाँकी केही जग्गा कृषि विकास बैंकमा राखेर पनि ऋण लिएका थिए । १५ कठ्ठा मोती यादवलाई कागज गरेर दिएपछि जग्गा बिक्री वितरण गर्न नपाउने अवस्थामा थिए ।

समय बित्दै गयो, ऋ,णको ब्याज बढ्दै आयो । तीन वर्षपछि मोतीले दिनेशको घरमा सम्पूर्ण हिसाबको तमसुक पछारे । तमसुकमा १२ लाखको २४ लाख लेखिएको थियो । मोतीले कागजमा पछारेको हिसाबको पैसा तिर्ने अवस्थामा दिनेश-बिनिता थिएनन् । उनीहरुले प्रस्ताव गरे, ‘हाम्रो जग्गा फुकुवा गरिदिनुस् । हामी जग्गा बेचेर तपाईंको ऋ,ण तिर्छौं ।

दिनेश-बिनिताको प्रस्ताव सुदखोर मोतीले माने । तर, जग्गा फुकुवा गरेनन् । दिनेशले जग्गा किन्ने मान्छे पनि लिएर आए । प्रतिकठ्ठा ६ लाखका दरले बेच्दा ४ कठ्ठामात्रै बेचे मोतीको ऋ,ण तिर्न पुग्ने थियो । दिनेश सुनाउँछन्, ‘तर, मैले खोजेको मान्छेलाई मोती आफैंले भेटेर ३ लाख रुपैयाँ कठ्ठामा जग्गा बेच्ने अफर दिए ।’

जति पनि जग्गा किन्ने मान्छे भेटेँ, तिनलाई मोतीले भाँडिरहे । यसपछि त मोतीलाई झनै के चाहियो ! जग्गा बेच्न नसकेपछि घरमा आएर बिनितालाई ‘घर खाली गर्नू, नत्र जेलमा पुर्‍याइदिन्छु’ भनेर धम्की दिन थाले । सम्पूर्ण जग्गा आफ्नो नाममा आइसकेको र छिटो खाली गर्न ताकेता गर्न थाले । यदि यसो नगरे जेल हाल्ने, प्रहरी ल्याएर हत्कडी लगाउनेलगायत धम्की दिए ।

मोतीका हर्कत यत्तिमै सीमित भएन । दिनेश-बिनिताले अर्को ठाउँको जग्गा कृषि विकास बैंकमा राखेका थिए । उक्त जग्गामा १५-१६ वटा आँपका बोट थिए । त्यसमध्ये गएको सिजनमा ३-४ वटा बोटमा आँप फलेका थिए । मोती र उनका मतियारले दिनेश-बिनितालाई आफ्नै खेतको आँप टिपेर खान पनि दिएनन् । अन्ततः बेइज्जतीको पराकाष्ठा नाघेपछि बिनिता एक रात घरबाट अलप भइन् ।

बेपत्ता भएको डेढ महिनापछि बिनिताले श्रीमान् दिनेशलाई अचानक सम्पर्क गरिन् । र, आफू काठमाडौं आएको जानकारी दिइन् । दिनेशलाई पनि काठमाडौं आउनू भनिन् । दिनेश बस चढेर काठमाडौं हुइँकिए । दिनेशलाई गौशालामा लिन बिनिता नै पुगिन् । डेढ महिनापछि श्रीमान्-श्रीमतीको भेट भयो ।

डेढ महिनासम्म सम्पर्कविहीन बिनिताले काठमाडौंमा सानो सटर भाडामा लिएर खाना खाने होटल सुरु गरेकी थिइन् । सानो होटलमा बिहान-बेलुका भात पकाएर बेच्थिन् । अन्ततः दिनेश पनि त्यही पुगे ।

आफ्नी श्रीमतीले काठमाडौं जस्तो अञ्जान सहरमा आएर व्यापार गरेको देख्दा दिनेशका आँखामा आँसु थामिएको थिएन । अहिले दुई महिना ज्यादा भइसक्यो, दुवैले होटल चलाइरहेका छन् । तर, जति नै राम्रोसँग होटल चलाए पनि सुदखोर मोतीको २४ लाख ऋ,ण तिर्न सकिँदैन भन्ने उनीहरुलाई थाहा छ ।

हाम्रो सम्पर्कमा आएका उनीहरु दुवैले एउटै माग राखेका छन्, ‘आफ्नो जग्गा आफैंले बिक्री गरेर मोती यादवको ऋण तिरिपाउँ ।’ तर, उनीहरुले सोचेजस्तो सहज नभएकाले दुवै निराश छन् ।

दुवैले अश्रुधारा बगाउँदै हामीलाई भने, ‘त्यो पुर्खाले दुःख गरेर जोडेको जग्गाको याद आउँछ । त्यो जग्गा मोतीले खाइदिन लागेका छन् । गाउँभरि पनि हाम्रो बेइज्जत गरेर बसेका छन् । अब कसरी गाउँ जाने र सुदखोर मोतीसँग लड्ने, केही सोच्न सकेका छैनौं । यहाँ भात बेचेर त्यत्रो २४ लाख तिर्न कसरी सक्नू !’

साभार स्रोत-नेपाल

155 Views

ताजा

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक

२०८२ फाल्गुन ८ गते, शुक्रबार

पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण

२०८२ फाल्गुन ८ गते, शुक्रबार

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा

२०८२ फाल्गुन ६ गते, बुधबार

बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने

२०८२ फाल्गुन ६ गते, बुधबार

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

२०८२ फाल्गुन ६ गते, बुधबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal