धरान उपमहानगर’ पालिका’का मेयर हर्क साम्पाङ स्था’नीय खोला दोहन रोक्नका लागि आफै फिल्डमा उत्रिए!

२०७९ जेष्ठ ३१ गते, मंगलवार

धरान उपमहानगर’पालिका’का मेयर हर्क साम्पाङ स्था’नीय खोला दोहन रोक्नका लागि आफै फिल्डमा उत्रिएका छन् । उनि सुक्र’बार दिँउसो प्रचण्ड गर्मी’को प्रभाव नगरि धरान उप’महानगरपालिका वडा नं ५ मा पर्ने अधेरी खोला पुगेर ढुङ्गा त’स्करी रोकेका छन् ।

उनले ट्याक्टर चालक र ढुङ्गा लोड गरिरहेका युवाहरु’लाई सम्झाएर अब देखि यो खोलामा कुनै पनि सामा’ग्री लिन नआउनु भनि एक पटकका लागि मा’फी दिदै छाडिएका थिए ।

पुनः खोला दोहनका लागि आएमा कानून अनुसार का’र्वाही गर्ने मेयर साम्पाङले चेतावनी पनि दिए । केही युवाहरु धमाधम ढुंगा लोड गरिरहेका थिए ।शुरुमा मेयर साम्पाङ सहितको टोलीलाई देख्न साथ ट्याक्टर सहित ढुङ्गा लोड गरिरहेका युवाहरु भाग्न खोजेका थिए ।

आफ्ना केही सहयोगी र नगरप्रहरीका साथमा सो खोला पुगेका उनले खोलाबाट ढुङ्गा लोड गर्दै गरेको ट्याक्टर नि’यन्त्रणमा लिई ढुङ्गा खोलामै झार्न लगाएका थिए ।

अधेरी खोलाबाट अत्यधिक ढुंगा, मिक्स गिट्टी चोरी तस्करी हुँदै आएको छ । मेयर हुन भन्दा अगाडी साम्पाङले खोला र चुरे दोहन रोक्न खोज्दा धरान उपमहानगरपालिकाका तत्कालिन मेयर तिलक राई निर्देशनमा गु’ण्डा लगाई उनी र उनको समूहमाथि आ’क्रमण भएको थियो ।

अवैधरुपमा ढुङ्गा, मिक्स गिट्टी निकालेको नियन्त्रण गरेर साधनसहित प्रहरीमा बुझाएपनि मिलेमतोमा छोडिदिने गरेपछि त’स्करी मौलाएको स्थानीयले मेयर साम्पाङ लाई जानकारी समेत गराएका छन् ।

उनिहरुले करिब डेढ दशकअघि अवैध खोला उत्खनन्को वि’रोध गर्दा एक जना स्थानीयले आफ्नो ज्यानसमेत गु’माएको जानकारी मेयर साम्पाङलाई गराएका छन् ।

उनिहरुले मेयर साम्पाङ’लाई कडाईका साथ खोला दोहन र तस्करी रोक्नका लागि अनुरोध समेत गरेका छन् ।मेयर साम्पा’ङका अनुसार सो खोला ठेक्कामा लगाइए’पनि ठेक्का र’द्द गराईएको छ । आफ्नो देश र बाटो बेचर नगरवासी’लाई सुःख दिन नसकिने मेयर साम्पा’ङले बताए ।

त्यस’कारण आउदो आर्थिक बर्षमा धरानका कुनै पनि खोलाबाट खोलाजन्य सामाग्री निकालेर बेच्नका लागि खोला ठेक्का नै नलाएको उनले बताए । उनले आफ्नो ५ बर्षे कार्यकालभरी खोला ठेक्का नै नलगाउने घोषणा पनि गरेका छन् ।खोला’बाट धरान उपमहानगर’पालिकालाई यसअघि जे जति आम्दानी हुन्थियो, सो अन्य स्रोतबाट जुटाउने आफ्नो योजना रहेको उनले बताए ।

चुरे क्षेत्र र खोलको दोहन रोकेर धरान’मा कृर्षीसंग सम्बन्धि साना तथा ठूला उद्योगहरु स्था’पना गरि संचालनमा ल्याउने आफ्नो योजना रहेको उनले बताए । ती उद्योगमै खोलामा दैनिक मज’दुरी गर्नेहरु’लाई पनि रोज’गारको व्यवस्था गर्ने उनले सुनाए । आफ्नो यस योजनालाई आउने आर्थिक बर्षबाट कार्य प्रारम्भ गर्ने उनको भनाई छ ।-प्रदेशपोटलबाट

126 Views

ताजा

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा

२०८२ फाल्गुन ६ गते, बुधबार

बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने

२०८२ फाल्गुन ६ गते, बुधबार

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

२०८२ फाल्गुन ६ गते, बुधबार

फेरि पक्राउ परे दुर्गा प्रसाईं

२०८२ फाल्गुन ५ गते, मंगलवार

नेकपाका काठमाडौं–७ का उम्मेदवार पूर्वमन्त्री मानन्धर भन्छन् ‘प्रदेशमा हुँदा जति काम गरें त्योभन्दा बढी गरेर देखाउँछु’

२०८२ फाल्गुन ५ गते, मंगलवार

बैककमा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालको उत्कृष्ट प्रदर्शन

२०८२ फाल्गुन ५ गते, मंगलवार

दुई पटक निर्वाचन जितेर मन्त्री भएका उप्रेती नै सर्लाही–३ मा एमालेको उम्मेदवार

२०८२ फाल्गुन ४ गते, सोमबार

निर्वाचन आउन १७ दिन बाँकीः आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

२०८२ फाल्गुन ४ गते, सोमबार

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

२०८२ फाल्गुन ४ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal