‘अमर बान्तु काव्य साँझ’ सम्पन्न

२०७८ पुष ९ गते, शुक्रबार

काठमाडौं । पुसको चिसो साँझमा राजधानीको होटल शंकरभित्रको माहोल भने तातो थियो । मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघटमा होटलभित्रको हलभने साहित्यमय र गरम्हाट थियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो–
‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’
नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनुसाथ मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी । त्यसपछि सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’को औपचारिक आरम्भ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरे ।
समुद्घाटनपछि कवि तथा प्राज्ञ शशी लुमुम्बूले कवि अमर बान्तुका बारेमा प्रकाश पारे । उनले भने– ‘माझ किराँतको एक ऐतिहासिक भूमि, नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उर्वर बगैँचा भोजपुरको दिल्पा–नागीमा आमा वृन्दालक्ष्मी तथा बुबा लक्ष्मीप्रसाद राईका सातौँ सन्तानमध्येका काइँला सन्तानका रूपमा यस सुन्दर धरतीमा उदाउनुभएका स्रष्टा अमर बान्तु भोजपुरका मात्रै नभएर राष्ट्रकै एक अनमोल रत्न हुनुहुन्छ ।’ उनले थपे– ‘काव्य–नायक अमर बान्तुका बारेमा केही बोल्ने प्रयत्न गर्नुभनेको सूर्यको अघि बत्ती देखाउनुजस्तो मात्रै हो । म यहाँ त्यही सूर्यलाई बत्ती देखाइरहेको छु । बत्ती देखाउनु भनेको पूजा गर्नु हो, अर्थात् अभिनन्दन गर्नु हो । स्रष्टा बान्तुलाई सादर अभिनन्दन गर्दछु ।’
त्यसपछि कवि अमर बान्तुलाई कार्यक्रम सञ्चालिकाले कविता÷काव्य प्रस्तुतिका लागि मञ्चमा निम्त्याइन् । हँसिलो र फुर्तिलो भावमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि कविता सुनाउन सुरु गरे–
‘मेरी प्रिय कविता
किन किन घुमाउरो भए पनि
तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
एक तर्फी प्रेममा परेछु कि कसो
सधैँ सधैँ तिम्रै याद आइरहन्छ
अघोरै माया लागिरहन्छ ।’
मिलाप मासिकले आयोजना गरेको काव्य साँझमा करिब एक घन्टाको समयमा स्रष्टा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे । त्यसपछि उनले गजल सुनाए– ‘नजरैले घाइते पर्ना माहिर हजुर’ । प्रेमिलो गजलबाट माहोललाई नै प्रेमिल बनाएका बान्तुले मनको भावना सुनाए गजलमै । त्यसपछि आफ्नै जिन्दगीका बारे रचना गरिएको गजल– ‘ए जिन्दगी’ सुनाएर उनले माहोललाई नै स्तब्ध बनाए । अन्त्यमा ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को गजल सुनाएर कविता÷काव्य प्रस्तुतिको मैझारो गरे । दशकदीर्घाबाट आएको ‘वान्समोर‘वान्समोर’लाई स्वीकार गर्दै पुनः सुनाए– ‘मेरी प्रिय कविता ।’
प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बान्तु बहुमुखी प्रतिभाका धनी भएको बताए । उनले साहित्य साधनाका साथै व्यावसाय र समाजसेवामा उत्तिकै लगावका साथ लागिपरेका स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान पुग्ने विचार व्यक्त गरे ।
मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा कवि एस्पी कोइराला, कवि श्रवण मुकारुङ र लायन्स क्बलका तर्फबाट लायन अनन्त भेटवालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सृजनाको कामना गरे । कार्यक्रममा बान्तुलाई मिलाप सम्मान अर्पण गरिएको थियो ।
काव्य साँझलाई माई पे, सुनकोशी कन्स्ट्रक्सन प्रा.लि, ५ नं. वडा ललितपुर महानगरपालिका, लायन्स क्लब अफ काठमाडौं, ग्लोबल आई, लायन्स क्लब अफ काठमाडौं, अन्नपूर्ण, लायन्स क्लब आफ आङ्ग्ना, पाँचथर, लायन्स क्लब अफ काठमाडौं, ग्लोबल सर्भिस र लायन्स क्लब अफ काठमाडौं, शुभम् तथा लायन्स हरि दाहाल, चाटर प्रेसिडेन्ट लायन्स क्लब अफ काठमाडौं, ग्लोबल आईले प्रयोजन गरेका थिए ।
अमर बान्तुको कविता तथा गीतसंग्र्रह ‘परिभाषाका राँटाहरू’ र उत्कृष्ट गीतहरूका दुई एल्बम ‘अमर भावना’ र ‘अमर भावना–२’ प्रकाशित छन् भने उहाँका धेरै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय रहेका छन् ।

149 Views

ताजा

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक

२०८२ फाल्गुन ८ गते, शुक्रबार

पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण

२०८२ फाल्गुन ८ गते, शुक्रबार

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा

२०८२ फाल्गुन ६ गते, बुधबार

बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने

२०८२ फाल्गुन ६ गते, बुधबार

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

२०८२ फाल्गुन ६ गते, बुधबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal