मकवानपुर–१ को (क) को सभापतिमा जितेपछि के गर्लान् थिङले ?

२०७८ भाद्र २९ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा मकवानपुरको क्षेत्र नम्वर १ को (क) बाट सुवातसिं थिङले सभापतिको दाबी गरेका छन् ।
अहिले क्षेत्रिय सचिवसमेत रहेका उनले आफ्नो नेतृत्व आएपछि पार्टीलाई बलियो बनाउने घोषणा गरेका छन् । गढी गाउँपालिका–१ को निर्वाचित वडा सदस्यसमेत रहेका उनले पार्टी र जनताको लागि दिनरात काम गर्दै आएका छन् । ‘म जनताको मान्छे हुँ, कांग्रेस मेरो पार्टी हो तर कसैलाई पनि राजनीतिक आस्थाका आधारमा विभेद गरेको छैन’ उनी भन्छन् ‘म प्रदेश सभापति भएपछि पार्टीलाई गतिशील बनाउँछु जसले कांग्रेसलाई मात्र नभएर सबैलाई फाइदा गर्छ ।’ उनी वडा सदस्यको रुपमा उम्मेदवार भइरहँदा पार्टीले उनलाई जिल्ला समन्वय समितिको प्रमुखका रुपमा अघि सारेको थियो । उनी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा गढी गाउँ विकास समितिको वडा नम्वर १ को वडाध्यक्षको उम्मेदवार भएका थिए ।
शिक्षण पेशाबाट राजनीतिमा लागेका उनी राजनीतिकर्मीमात्र नभई समाजसेवीका रुपमा पनि चिनिएका छन् । पछिल्लो समयमा मकवानपुर कांग्रेसको किल्ला बन्दैछ । यो प्रदेशमा हेटौंडा उप–महानगरपालिकाका १६, १७ र १८ नम्वर वडा, वागमती गाउँपालिकाका १२ वटा वडा, बकैया गाउँपालिकाका ९ वटा र गढी गाउँपालिकाका १, २, ३ र ४ नम्वर वडा पर्छन् । २८ वटा वडामध्ये २० वटामा सुवातकै समुदायका व्यक्ति इकाई ९वडा० सभापति भएका छन् । उनले अरु सभापतिले पनि आफूलाई नै समर्थन गर्ने जनाएको स्पष्ट पारेका छन् ।
यो प्रदेश २०७० सालको संविधानसभाको निर्वाचनमा मकवानपुर–१ नम्वर क्षेत्र रहेको थियो । त्यतिबेला ४ वटा क्षेत्र रहेको मकवानपुरलाई निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा २ वटा बनाइयो । यो क्षेत्रबाट त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवार इन्द्र बानियाले जितेका थिए । पूर्वमन्त्रीसमेत रहेका उनी अहिले पार्टी सभापतिसहित नेपाली कांग्रेसको वागमती प्रदेशको संसदीय दलको नेता पनि रहेका छन् ।

208 Views

ताजा

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग

२०८२ चैत्र १३ गते, शुक्रबार

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग

२०८२ चैत्र १३ गते, शुक्रबार

अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न

२०८२ चैत्र १३ गते, शुक्रबार

गृहको बागडोर सुदन गुरुङलाई

२०८२ चैत्र १३ गते, शुक्रबार

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

२०८२ चैत्र १३ गते, शुक्रबार

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

२०८२ चैत्र १३ गते, शुक्रबार

नयाँ प्रधानमन्त्रीको रुपमा आज बालेनको शपथ

२०८२ चैत्र १३ गते, शुक्रबार

बालेन शाह रास्वपा संसदीय दलको नेता

२०८२ चैत्र १२ गते, बिहीबार

सकारात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड

२०८२ चैत्र १२ गते, बिहीबार

२७४ नवनिर्वाचित सांसदले लिए शपथ

२०८२ चैत्र १२ गते, बिहीबार

पत्रकार मोहन कार्की बने रास्वपाका जिल्ला उपसभापति

२०८२ चैत्र १२ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal