खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

काठमाडौं । साहित्यकार संगीतकार महेश्वर पन्तको “सुनको धारो चाँदीको पँधेरो” गीत सार्वजनिक भएको छ ।

स्रष्टा महेश्वर पन्तले लेख्नुभएको गीतको संगीत संकलक गीतकार स्वयं हुन् भने गीतमा चर्चित लोक गायक खेम सेन्चुरी र समीक्षा अधिकारीले स्वर दिएका छन् ।

यस गीतको भिडियोलाई निर्देशक शिव विकले निर्देशन गरेका हुन् । भिडियोमा मोडलका रुपमा अञ्जलि अधिकारी र प्रभातपल ठकुरी रहेका छन् भने कलाकार साहित्यकार रमेश दाहाल, गीतकार महेश्वर पन्तलाई अतिथिको रुपमा भिडियोमा देख्न सकिन्छ ।

उक्त गीत तथा म्युजिक भिडियो नेपाली लोक संस्कृतिका अग्र पुरुष कालीभक्त पन्तका नाममा स्थापित कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले उत्पादन गरेको हो ।

नेपाली डाँडाँ पाखामा गुन्जने नेपाली लोकभाका गीत संगीतको प्रवर्द्धन तथा उत्थानका लागि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले “आमा सानिमा, फूलको थुँगा खस्यो पानीमा”, ‘सुनको धारो चाँदीको पँधेरो” गीत बजारमा ल्याएको हो ।

प्रस्तुत गीतले नेपाली लोक गीतसंगीतको क्षेत्रमा नयाँ उचाइ थप्ने कुरा म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका सभापति धर्मराज स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले बताए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के।सी।ले प्रस्तुत सुनको धारो चाँदीको पँधेरो गीत बजारमा आएका गीतमध्ये उत्कृष्ट लोकगीत भएको कुरा बताए भने यसले लोप हुँदै गएको गाउँघरका रोधी घरलाई ब्युँताउ ने कुरामा विश्वास व्यक्त गरे ।

त्यस्तै भिडियोका अतिथका रुपमा अभिनय गर्ने कलाकार रमेश दाहालले प्रस्तुत गीतले स्रोतालाई नाँचूनाँचू बनाउने उत्कृष्ट लोक गीत रहेको बताए । त्यसैगरी अनेसास सिक्किम च्याप्टरकी सदस्य विष्णुमाया कट्टेलले स्रष्टा महेश्वर पन्तको प्रस्तुत गीत नेपाली लोक गीत संगीतको क्षेत्र नमूनाको रुपमा रहने कुरा बताइन् ।

राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले संचालन गरेको कार्यक्रममा गीतकार महेश्वर पन्तले म्युजिक भिडियो बजारमा ल्याउनका लागि परोक्ष अपरोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफूले लोकगीत-संगीत तथा साहित्यलाई विश्वव्यापी बनाउनका लागि एक दशकअघि नै कालीभक्त पन्त नेपाली लोक साहित्य अन्र्तष्ट्रिय पुरस्कारको स्थापना गरेको कुरा बताए । त्यस्तै अनेसास, नेपाल च्याप्टरका सदस्य साहितयकार डिआर राई, इन्दिरा ढकाल, हरिबोल ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

HTTPS://YOUTU.BE/BGJNMPXE-KW

9 Views

ताजा

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal