सरकारको साझा कार्यक्रम बनाउन केपी ओलीको संयोजकत्वमा समिति गठन
काठमाडौं। प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको छ। कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम तयार पार्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।
कार्यदललमा सत्ता साझेदार दलका तर्फबाट एक–एक जना सदस्य रहनेछन्। वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न गठन भएकाले पनि केही न केही नयाँ कामको सुरुआत गर्नैपर्छ भन्ने मनसायका साथ आजको बैठकमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका गृहमन्त्री लामिछानेले जानकारी दिए।
यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तार एवं अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको उनले जानकारी दिए। मन्त्रिपरिषद् विस्तार गर्दा क्षमताका आधारमा काम गर्न सक्ने विज्ञलाई समेटेर विषयगतरूपमा समेत योग्य व्यक्तिलाई पनि समावेश गर्ने विषयमा बैठकमा महत्वपूर्ण विचार(विमर्श भएको थियो। उनले आजको बैठकलाई सुरुआती बैठकका रूपमा लिँदै शुक्रबार पुनः बैठक बस्ने बताए।
“न्यूनतम साझा कार्यक्रम उद्देश्य प्राप्ति गर्ने लक्ष्यका साथ तयार गर्ने गरी छलफल भएको छ, हामी केका लागि सरकारमा छौँ भन्ने तय गर्न लागिएको छ”, उनले भने।
उनले सरकार विस्तार गर्ने काम प्रधानमन्त्रीले विश्वासको मत लिएर गर्ने वा नगर्ने भन्नेभन्दा पनि सबै विषयलाई प्याकेजमा टुङ्गो लगाउने सन्दर्भमा छलफल केन्द्रित रहेको बताए।
ताजा
अष्ट्रेलियाको सिड्नी बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु
२०८२ मंसिर २८ गते, आईतवार
अष्ट्रेलियाको सिड्नी बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु
२०८२ मंसिर २८ गते, आईतवार
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र शुरु
२०८२ मंसिर २८ गते, आईतवार
एनआरएनए अध्यक्ष श्रेष्ठद्वारा अफ्रिकाका अभियन्ताहरूसँग अन्तरक्रिया
२०८२ मंसिर २८ गते, आईतवार
कानून मन्त्री अनिलकुमारले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले
२०८२ मंसिर २८ गते, आईतवार
भोलि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
२०८२ मंसिर २८ गते, आईतवार
नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनु आवश्यकःप्रधानमन्त्री
२०८२ मंसिर २८ गते, आईतवार
ज्ञवाली र शाक्य सक्रिय राजनीतिबाट बिदा
२०८२ मंसिर २८ गते, आईतवार
आईजीपी कार्की भन्छन्–प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइयो
२०८२ मंसिर २८ गते, आईतवार
मुग्लिन–पोखरा सडक छिटो सक्न मन्त्री घिसिङको निर्देशन
२०८२ मंसिर २८ गते, आईतवार
गणेश खड्काको “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक
२०८२ मंसिर २८ गते, आईतवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





