प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय
म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय सुनाएको छ ।
उहाँलाई चुनावमा धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।
सुकीलाई अहिलेसम्म ११ वटा मुद्दामा २० वर्षको जेल सजाय तोकिएको छ । अझ थप केही आ,रोपमा उहाँमाथि सुनुवाइ हुन बाँकी छ । तर, नेतृ सुकीले यी सबै आ,रोपहरू अस्वीकार गर्दै आउनुभएको छ ।
सैन्य अदालतको फैसलालाई लिएर अधिकारवादी सङ्घ संस्था र समूहले राजनीतिक रूपमा प्रतिशोध साध्न प्रेरित भएको भन्दै निन्दा गरेका छन् ।
तेस्तै- नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आश्रममा यतिबेला सन्नाटा छाएको छ ।
सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरिले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाउनुभएको थियो । उहाँको नि,धनसँगै आश्रममा सन्नाटा छाएको छ ।
बाह्र बिघा क्षेत्रफलमा रूख बिरुवाका बीच बनेको आश्रममा समाजवादी चिन्तक प्रदीप गिरि आउने बित्तिकै कार्यकर्तादेखि बौद्धिक व्यक्तित्व भेला भइहाल्थे ।
वनस्पतिले दिने शीतलता, चराचुरुङ्गीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । यही आश्रममा अहिले सन्नाटा छाएको छ । आश्रममा २०५२ सालदेखि काम गर्दै आउनुभएका ५५ वर्षीया जितनी राम, ५० वर्षीय ग,म्भीरमान लामाको अनुहार मलिन छ ।
आफ्नो प्यारो अभिभावकले सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएका उहाँहरु शोकमा डुबेका छन् ।
‘आ,श्रमको अभिभावक नै सदाका लागि छाडेर गएपछि हाम्रो बिजोग भएको छ, हामी अभिभावकविहीन भएका छौँ’, आश्रमको रेखदेख गर्दै आउनुभएका रामकृष्ण चौधरीले भन्नुभयो, ‘पहिला मान्छेको भिडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाइ बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि आश्रममा प्रायः मान्छे आउनै छाडेका थिए । अब त झन उहाँ सदाका लागि यो संसारबाट बिदा भएपछि किन आउँछन् र मान्छे यहाँ ।’
ताजा
सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा
२०८२ चैत्र १५ गते, आईतवार
सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा
२०८२ चैत्र १५ गते, आईतवार
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय
२०८२ चैत्र १५ गते, आईतवार
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै
२०८२ चैत्र १५ गते, आईतवार
पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ
२०८२ चैत्र १५ गते, आईतवार
अब देशले नयाँ दिशा लिनेछः गृहमन्त्री गुरुङ
२०८२ चैत्र १४ गते, शनिबार
शंकर पोखरेलको चेतावनी–प्रतिशोधको मूल्य महंगो हुन्छ
२०८२ चैत्र १४ गते, शनिबार
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
२०८२ चैत्र १४ गते, शनिबार
गुण्डुबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
२०८२ चैत्र १४ गते, शनिबार
बालेन्द्र शाहद्वारा प्रधानमन्त्री पदको शपथ
२०८२ चैत्र १३ गते, शुक्रबार
ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग
२०८२ चैत्र १३ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





