घर लैजाउ भन्दा श्रीमानले श्रीमतिलाई लगाए क,रेन्ट!
पछिल्लो दुई सातादेखि अस्पतालको बेडमा रहेकी सिन्धुलीको गोलञ्जर गाउँपालिका २ की राधिका कार्कीको अवस्था गम्भीर छ। उनी बोल्नै सक्दिनन् । केहि बोल्न खोजे पनि उनको आँखाबाट आँशु बग्न थाल्छ।
उनी मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना छिन् । उनको शरीरका विभिन्न भाग करेन्टले जलेको छ । ८ महिनाअघि विवाह गरेका श्रीमान्ले हात, गोडा, पेटसहितका ठाउँमा क,रेन्ट लगाएको उनले बताएकी छिन् ।
सि,किस्त भएकी उनलाई अस्पतालमा भर्ना गरिएको छ । दुई दिनअघि मात्रै उनको होस खुलेको छ । थोरै कुरा गर्न सक्ने अवस्थामा आएकी छिन् उनी । यद्यपी कुरा गर्ने क्रममा उनी भक्कानिन्छिन् । र, उनको आँखाबाट आँशु बग्छ । त्यसपछि उनी अगाडि बोल्नै सक्दिनन् ।
अस्पतालमा दुई सातादेखि भर्ना रहेकी उनको हेरचा गर्ने परिवारजन या कुनै आफन्त छैनन् । अस्पतालका नर्स र प्रहरीले नै उनको हेरविचार गर्दै आएका छन् । खाना दिनेदेखि औषधि खुवाउनेसम्मको काम उनीहरुले नै गर्दै आएका छन् ।
एक वर्षअघि २२ वर्षीया राधिकाको धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर निवासी २८ वर्षीय अरुण साहसँग विवाह भएको थियो । दुबैले एकअर्कालाई मन पराउन थाले । यसपछि दुबैले विवाह नै गरे ।
विवाहपछि अरुणले राधिकालाई जनकपुरधाम ल्याए । थापा चोकमा कोठा भाडामा लिएर दुबै बस्न थाले । यस क्रममा राधिका जानकी मेडिकल कलेजमा काम गर्न थालेकी थिइन् ।
१६ जेठमा उनले लैजान अरुणलाई आग्रह गरिन् । तर यो आग्रह वि,वादमा परिणत भयो । ‘घर लैजाउ भन्नेवित्तिकै रिसमा आएर मेरो शरीरमा बिजुलीको नाङो तारले करेन्ट लगाए’ उनी भन्छिन्, करेन्ट लगाउँदा बे,होस भएँ । अस्पतालसम्म कसरी आएँ मलाई पनि थाहा छैन् ।’
करेन्ट लागेको जानकारी पाएपछि प्रहरीले नै उनलाई अस्पतालमा भर्ना गराएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्री बताउँछन् ।
क,रेन्ट लगाएर अरुण फरार भएको भन्दै प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । ‘राधिकाका एक जना भाइ यहाँ आएका छन् ।
तर, लिखित जाहेरी हालसम्म कसैले दिएका छैनन्’ क्षेत्रीले भने, हामीले आफ्नोस्तरबाट अन्य अनुसन्धान गरिरहेका छौं ।’
ताजा
‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा
२०८२ मंसिर २५ गते, बिहीबार
‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा
२०८२ मंसिर २५ गते, बिहीबार
दोस्रो हप्तामा ‘अभिमन्यु’
२०८२ मंसिर २५ गते, बिहीबार
‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
२०८२ मंसिर २५ गते, बिहीबार
राजापुर गोलीकाण्डका आरोपी कैलालीबाट पक्राउ
२०८२ मंसिर २५ गते, बिहीबार
आगामी पुसमा ‘झरीपछिको इन्द्रेणी’
२०८२ मंसिर २५ गते, बिहीबार
उच्च अदालत बुटवलमा आज रवि र छविको मुद्दाको पेसी
२०८२ मंसिर २५ गते, बिहीबार
चन्द्र भण्डारीद्वारा पार्टी सभापतिमा उम्मेदारी घोषणा
२०८२ मंसिर २४ गते, बुधबार
आज भव्यरुपमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
२०८२ मंसिर २४ गते, बुधबार
समाजको ठूलो हिस्सा राज्यसत्ताबाटै संरक्षित र उत्पीडनको शिकार बन्दैः प्रचण्ड
२०८२ मंसिर २४ गते, बुधबार
आज लुम्बिनी र काठमाण्डु भिड्दै
२०८२ मंसिर २४ गते, बुधबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





