संघीय गणतान्त्रिक गठबन्धन “बस छाप” सहित चुनावी मैदानमा
काठमाडौं । दलित, मुस्लिम, निषाद, थारु, मधेशी, आदिवासी जनजाति, महिला तथा अन्य उत्पीडित जनताको प्राकृतिक राजनीतिक एकताका रूपमा उभिएको संघीय गणतान्त्रिक गठबन्धनले आगामी निर्वाचनका लागि एकल चुनाव चिन्ह “बस छाप” लिएर निर्वाचन मैदानमा जाने निर्णय गरेको छ ।
गठबन्धनका तर्फबाट निर्वाचन आयोगमा औपचारिक रूपमा बस चुनाव चिन्हमा चुनावी मैदानमा होमिने गरी दल दर्ता गराइएको छ ।
गठबन्धनमा समावेश रहेका पूर्वगृह राज्यमन्त्री तथा संविधानसभा सदस्य मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, हरिनन्दन अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी नेपाल तथा धुपलाल प्रसाद सहनी निषाद नेतृत्वको नेपाल जनजागृति पार्टी संयुक्त रूपमा देशभर कार्यान्वयन हुने साझा राजनीतिक संरचनामा आबद्ध भएका छन् ।
नेताहरूले गठबन्धनको मुख्य उद्देश्य नेपाली उत्पीडित जनताको राज्य सत्ताको स्थापना गर्दै, नेपाली जनताको समानताको चाहना सुशासन, देशमै रोजगारको व्यवस्था, सबै किसिमका विकृतिको अन्त्य र शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, देशका सर्वाधिक बहिष्कृत, उत्पीडित तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्दै राष्ट्रिय राजनीतिमा समावेशिता र परिवर्तनकारी भूमिका सुनिश्चित गर्नु रहेको बताएका छन् ।
उनका अनुसार, दल दर्तासँगै नेपाली राजनीतिको मूलधारमा बहुजन, मुस्लिम, दलित, आदिवासी, मधेसी निषाद समुदाय र श्रमजीवी वर्गको आवाजलाई संस्थागत रूपमा निर्वाचनमार्फत संसदसम्म पु¥याउने दृढ प्रतिबद्धता व्यक्त गरिएको छ ।
गठबन्धनले आगामी निर्वाचनदेखि देशभर संगठित अभियान सञ्चालन गर्दै जनतासामु वैकल्पिक, समावेशी र सामाजिक न्यायकेन्द्रित राजनीतिक मार्ग प्रस्तुत गर्ने जनाइएको छ ।
ताजा
रास्वपा र विवेकशील साझा औपचारिक रुपमा एकीकृत
२०८२ मंसिर १४ गते, आईतवार
रास्वपा र विवेकशील साझा औपचारिक रुपमा एकीकृत
२०८२ मंसिर १४ गते, आईतवार
प्रभु बैँकका सिइओ अशोक शेरचन पक्राउ
२०८२ मंसिर १४ गते, आईतवार
फागुन २१ गते चुनाव हुने वातावारण बन्दै गएको प्रचण्डको दाबी
२०८२ मंसिर १४ गते, आईतवार
संघीय गणतान्त्रिक गठबन्धन “बस छाप” सहित चुनावी मैदानमा
२०८२ मंसिर १४ गते, आईतवार
जेनेस सलुशन र सीबीएफआइएनले बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य गर्ने
२०८२ मंसिर १४ गते, आईतवार
रास्वपा र विवेकशीलबीच आज एकता हुँदै
२०८२ मंसिर १४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २३औँ कृति ‘प्रेमपत्र’ लोकार्पण
२०८२ मंसिर १४ गते, आईतवार
सरोकार मञ्चमा डाक्टर बम
२०८२ मंसिर १४ गते, आईतवार
‘सिन्दुरे जात्रा’ लिएर आउँदै ब्लकबस्टर निर्देशक पौडेल
२०८२ मंसिर १२ गते, शुक्रबार
लायन्स क्लबद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण
२०८२ मंसिर ११ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





