बागमतीका मुख्यमन्त्री झनै संकटमा, खानेपानी मन्त्रीले पनि दिए राजीनामा

२०८२ श्रावण १३ गते, मंगलवार

काठमाडौं । बागमती प्रदेशका खानेपानी खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनमा दिएका छन् । उनले आज मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा बुझाएका हुन् । खानेपानीमन्त्री खड्काले पनि राजीनामा गरेपछि मुख्यमन्त्री तामाङ झनै संकटमा परेका छन् ।

बागमती कांग्रेस संसदीय दलका नेता तामाङविरुद्ध दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । केही दिनअघि ईन्द्र बानियाँ समर्थक २१ सांसदहरुले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । खड्काले पनि राजीनामा दिएसँगै बानियाँको पक्षमा खुल्ने सांसदको संख्या २२ पुगेको छ ।

पार्टी संसदीय दलमा अल्पमतमा परेका मुख्यमन्त्री तामाङलाई राजीनामाको दवाब बढिरहेको छ । तामाङ दलभित्र अविश्वासको प्रस्ताव फेस गर्ने तयारीमा छन् । उनले बानियाँ पक्षधर केही सांसदहरुलाई फकाइरहेको समेत बताइएको छ ।

यसअघि बागमतीका सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिइसकेका छन् । राजीनामा दिएका पाँचै जना निवर्तमान मन्त्रीहरु बानियाँको पक्षमा खुलेका छन् ।
कूल ११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सांसद रहेका छन् । संसदीय दलका बहुमतको लागि १९ सांसदको समर्थन आवश्यक पर्छ । अहिले १५ जना सांसदहरुले मात्रै आफूलाई मुख्यमन्त्री तामाङको पक्षमा उभ्याएका छन् । यो संख्या अझै घट्नसक्ने आँकलन गरिएको छ ।

24 Views

ताजा

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

२०८२ मंसिर १७ गते, बुधबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

२०८२ मंसिर १७ गते, बुधबार

गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

२०८२ मंसिर १७ गते, बुधबार

कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै

२०८२ मंसिर १७ गते, बुधबार

चर्चित र्‍यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

२०८२ मंसिर १७ गते, बुधबार

तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते, मंगलवार

नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

२०८२ मंसिर १६ गते, मंगलवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal