पत्रकार महासङ्घ भक्तपुरद्वारा वरिष्ठ पत्रकार बस्नेत,पत्रकार दुवाल, नेपाल र क्षेत्री सम्मानित
भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको शनिवार सम्पन्न ९औँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह थापा सहित ४ जना पत्रकारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार माथवर सिंह बस्नेतलाई ५ हजार नगद सहित वरिष्ठ पत्रकार सम्मान दिइएको थियो । यसै गरी राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता अध्यापक पूर्णभक्त दुवाललाई नगद रु १५ हजार रुपैयाँसहित स्व। भगवान्, राजकुमार महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
यसैंगरी ५–५ हजार नगदसहित चन्द्रकला क्षेत्री भगवतीलाई महिला पत्रकारिता पुरस्कार र कृष्ण प्रसाद नेपाललाई स्व। मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो ।
भक्तपुर क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्ययतामा भएको साधारण सभामा यथाशीघ्र महाधिवेशन गरी पत्रकारहरूको साझा सङ्गठनको छवि सुधार्नुपर्ने आवाज उठेको थियो ।
सदस्यता विवादका कारण शनिवार हुनुपर्ने महासङ्घको नयाँ नेतृत्व चयन अन्योलमा रहेको छ ।
प्रेस युनियन, भक्तपुरले गरेको बहिष्कारका बिच पत्रकार महासङ्घ, भक्तपुर शाखाको ९औँ अधिवेशन तथा साधारण सभाको शनिवार कार्यक्रममा प्रमुख अतिथि थापाले राजनीतिक दलभित्र कम्युनिस्ट नाम राखेर कमाउने काम गरिरहेका पार्टी विरुद्ध अन्तिम हदसम्म लड्ने बताए ।
उनले वास्तविक पत्रकारभन्दा यूट्युवेहरु सक्रिय भइरहेको अवस्थामा पत्रकारहरूले सत्य तथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धा गर्न जोड दिए । लोकतान्त्रिक गणतन्त्रमा कुनै अप्ठेरो आएमा पत्रकारितामार्फत नै सुल्झाउनुपर्ने बताउँदै उनले हरेक समाचारमा सन्तुलन कायम गर्नुपर्ने औँल्याए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले दैनिक रूपमा हजारौँको सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका जनतालाई रोक्न सञ्चारमाध्यमहरूले पत्रकारिताको धर्म निर्वाह गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पत्रकार महासङ्घ समस्याबाट नभाग्ने बताउँदै जस्तोसुकै समस्याको समाधानका लागि अघि बढ्ने बताए । देशभरका १३ हजारबाट ७÷८ हजारको सङ्ख्यामा पत्रकारहरूको शुद्धीकरण गर्नु पनि ठुलो काम भएको उनको भनाइ छ ।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र था श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य सङ्घका महासचिव नवीन प्रजापति, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष माथवर सिंह बस्नेत, पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि बबिन शर्मा, ज्ञानप्रसाद पौडेल, ललिता शाह, उपत्यका प्रदेशका अध्यक्ष सुजन झा, काठमाडौँ शाखा अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखा अध्यक्ष सागर न्यौपानेलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले अधिवेशन र साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।
साधारण सभाबाट कोषाध्यक्ष निलम्बन
लामो समय देखि पत्रकार महासङ्घका कोषाध्यक्ष कुनै पनि कार्यक्रममा अनुपस्थित रहँदै आएका तथा बैङ्क चेक समेत आफैले लिएर गई पत्रकार महासङ्घका हरेक काम कारबाहीलाई बेवास्ता गर्दै सिङ्गो संस्थालाई नै बन्धक बाउँदै आएको भन्दै साधारण सभाले कोषाध्यक्षलाई निलम्बन गरेको छ । पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापति विजयी भएर आएदेखि नै विभिन्न बहानामा खाता पुरानो समितिबाट नयाँ समितिमा ल्याउन आनाकानी गर्ने हिसाब किताब पारदर्शिता समेत नदेखाउने कुनै पनि बैठकमा उपस्थित नहुने जस्ता कार्य गर्दै आएका कारण पत्रकार महासङ्घ भक्तपुरले विभिन्न संस्था तथा घर भाडा कर्मचारीको तलब समेत भुक्तानी गर्न सकेको थिएन ।
ताजा
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवार
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवार
बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे
२०८२ फाल्गुन २६ गते, मंगलवार
भोलि भट्टराई भारत जाने
२०८२ फाल्गुन २६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को छायांकन सुरु
२०८२ फाल्गुन २६ गते, मंगलवार
लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान
२०८२ फाल्गुन २६ गते, मंगलवार
लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया
२०८२ फाल्गुन २६ गते, मंगलवार
गण्डकीमा एमाले र नेकपा शून्य
२०८२ फाल्गुन २६ गते, मंगलवार
आज दिनभर साधारणतया बादल लाग्ने
२०८२ फाल्गुन २६ गते, मंगलवार
बिहीबार निर्वाचन प्रहरीको बिदाइ
२०८२ फाल्गुन २६ गते, मंगलवार
समानुपातिकमा पनि रास्वपाकै वर्चस्व
२०८२ फाल्गुन २६ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





