रवि लामिछानेको कटाक्षः रक्सी–मासुमा भोट बेच्नेवाला होइन म, सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ ?

२०८० फाल्गुन १२ गते, शनिबार

कपिलवस्तुं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रक्सी–मासुमा भोट बेच्नेवाला नभएर सचेत नागरिक हुँ भनेर कसम खाएर चार वर्ष टिकाउनुहुन्छ ? भनेर प्रश्न गरेका छन् । शनिबार कपिलवस्तुको जितपुरस्थित बुद्ध रंगशालामा रास्वपाको खुलासभामा उनले जनताले परिवर्तनको कसम खाए र चार वर्ष प्रतिवद्ध रहे मुलुक परिवर्तन हुने बताए ।

‘म शक्तिशाली जनता हुँ, दास होइन । नोकर होइन । म लोभी होइन । रक्सी–मासुमा भोट बेच्नेवाला होइन । म सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ ? र, त्यो कसम चार वर्ष टिकाउन सक्नुहुन्छ ? सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैले पनि रोक्न सक्दैन,’ उनले भने ।

एक कार्यकाल बहुमतको सरकार चलाएर आफूले भनेका कुरा पूरा गर्न नसके राजनीतिबाटै अलग हुने उनले घोषणा गरे । सभापति लामिछोनले ‘राम्रो गरुन्जेल घण्टी बजाउनुस् । नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस्’ पनि भने ।

उनले षड्यन्त्रले आफ्नो आवाज रोकियो भने पार्टी बनाउने जिम्मा जनतालाई दिने बताए । ‘कुनै षड्यन्त्रले यो आवाज रोकियो भने, यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा तपाईं जनतालाई दिन्छु । किनकि, एउटा मान्छेले गरेर केही पनि हुँदैन, धेरै मान्छे चाहिन्छ,’ उनले भने ।

सभापति लामिछानेले देशलाई घात गर्ने र र जनतालाई ठग्ने एउटा पनि काम नगरेको बताए । ‘शक्तिको दुरुपयोग गरी झुटा र अनर्गल प्रचार गरेर मलाई कसैले कमजोर बनाउन सक्दैन, प्रयास नै नगरे हुन्छ,’ उनले भने ।

55 Views

ताजा

आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

२०८२ मंसिर २१ गते, आईतवार

आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

२०८२ मंसिर २१ गते, आईतवार

इक्यानले सोमबार एजुकेशन फेयर लगाउने

२०८२ मंसिर २१ गते, आईतवार

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

२०८२ मंसिर १७ गते, बुधबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

२०८२ मंसिर १७ गते, बुधबार

गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

२०८२ मंसिर १७ गते, बुधबार

कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै

२०८२ मंसिर १७ गते, बुधबार

चर्चित र्‍यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

२०८२ मंसिर १७ गते, बुधबार

तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते, मंगलवार

नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई

२०८२ मंसिर १६ गते, मंगलवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal