दाउद इब्राहिमको मृत्यु !
एजेन्सी। भारतको दुष्मन नम्बर एक मानिने कुख्यात आतंककारी दाउद इब्राहिम कासकर मारिएको समाचारले निक्कै खलबली मच्चिएको छ। बताइएअनुसार दाउदलाई खानामा बिष दिइएको थियो।
उनको १७ डिसेम्बरका दिन राति १० बजेको आसपास मृत्यु भएको बताइन्छ। यो खबरको आधिकारिक पुष्टि भने कतैबाट हुन सकेको छैन । हिजो दिनभर नै यो खबरले निक्कै प्रधानता पायो। विशेषगरी, युट्युबलगायत सामाजिक सञ्जाल र भारतका नाम चलेका ब्लगर एवं विश्लेषकबीच यो निक्कै चर्चाको विषय बन्यो।
दाउदको मृत्युको खबर पुष्टि हुन नसके पनि उनलाई गम्भीर हालतमा पाकिस्तानको कराँचीस्थित एक ठूलो अस्पताल लगिएको भने लगभग पक्का भएको छ। अस्पतालको उनी रहेको तल्ला पुरै खाली गरिएको र सेनाको कडा सुरक्षाबीच राखिएको पनि पक्का खबर छ।
पाकिस्तानमा अनायासै इन्टरनेट बन्द गरिएको थियो। पाकिस्तानका मूलधारका मिडिया मात्र नभई युट्युब च्यानललाई समेत दाउदसम्बन्धी समाचारमा ‘चुपरहन’ सरकारी आदेश प्राप्त भएको पनि बताइन्छ।
यसैबीच दाउदका सम्धी पूर्वक्रिकेटर जाबेद मियाँदाद र उनको परिवारलाई समेत सैनिक घेरामा नजरबन्द राखिएको बताइन्छ। मियाँदादले दाउदका बारेमा केही बोल्न नचाहेको समेत बताइन्छ। यो सबलाई हेर्दा दाउदका सम्बन्धमा केही ‘उल्लेखनीय घटना’ भएको भन्ने निष्कर्ष निकाल्न सकिन्छ।
पाकिस्तानी सरकारका तर्फबाट यो खबर पुष्टि वा खण्डन दुवै हुने सम्भावना अत्यन्तै कम छ । भारतको तमाम आरोप र प्रमाणका बाबजुद पाकिस्तानले दाउद आफ्नो भूमिमा रहेको स्वीकार गरेको छैन।
पाकिस्तानले सधैं दाउद आफ्नो भूमिमा नरहेको बताउँदै आएको छ । एउटा समाचार सूत्रले त दाउदको मृत शरीर कुनै बेला तेस्रो मुलुकमा गुप्त रूपमा सारिँदै छ र त्यहींबाट उनको मृत्युको खबर सार्वजनिक हुँदै छ भन्ने सम्म दाबी गरेको छ ।
यदि, दाउदलाई विष दिइएको हो र उनको मृत्यु भएको हो भने यो कसले ग¥यो भन्ने प्रश्न उब्जिन्छ । पाकिस्तानी सेनाको कडा सुरक्षा र अन्तर्राष्ट्रिय तस्करीको धनको बलमा आफ्नै निजी सुरक्षा घेरालाई कसले कसरी तोड्यो रु
शंकाको सुइँको स्वाभाविक रूपमा भारत र उसको खुफिया एजेन्सीतर्फ तेर्सिन्छ । गएको केही महिनामा पाकिस्तानमा मात्र २० भन्दा बढी भारतविरोधी गतिविधिमा संलग्न आतंकित कुनै अज्ञात बन्दुकधारीद्वारा हत्या भएको छ । तमाम ती हत्यामा भारत र ‘र’को हात रहेको विश्वास गरिएको छ । यस परिप्रेक्षमा दाउदको हत्यामा पनि भारतलाई ‘जस’ जाने बलियो सम्भावना छ ।
यस सम्बन्धमा अर्को एकखाले विश्लेषणसमेत गरिँदै छ । चरम आर्थिक संकटमा गुज्रिरहेको पाकिस्तान यति बेला एफएटीएफको ग्रेलिस्टमा रहेको छ र कुनै पनि बेला ब्ल्याकलिस्टमा जाने सम्भावना छ ।
अमेरिकादेखि साउदी अरेयिबा र आईएमएफसम्म पैसा माग्दै हिंडेको पाकिस्तानलाई भारतको दबाबका कारण अन्तर्राष्ट्रिय समुदायले भारतविरोधी आतंकविरुद्ध कारबाही गर्नुपर्ने बाध्यता छ । त्यही बाध्यताका कारण स्वयं पाकिस्तानको खुफिया एजेन्सी आईएसआईले दाउदलगायत यी तमाम आतंकको सफाया गर्दै छ ।
माथि उल्लेखित दुईमध्ये कुनै पनि अनुमान सही सावित भयो भने अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि निक्कै चम्किने छ । भारत आफ्ना विरोधीलाई नछाड्ने बलियो राष्ट्रका रूपमा चिनिने छ ।
दाउदको मृत्युको खबर सत्य असत्य जे भए पनि हालसम्म पाकिस्तान मात्र नभई क्यानाडा र बेलायतमा समेत भारतविरोधी शृंखलाबद्ध सफायाका घटनाले भारत राष्ट्र र यसको खुफियातन्त्रको बेग्लै छवि बनिसकेको छ ।
दाउदको मृत्युले यो छवि थप उजिल्याउने छ । भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीलाई आगामी निर्वाचनमा अत्यन्तै फाइदा पुग्ने अनुमान गरिँदै छ । भारतमा आगामी चुनावमा ‘मोदी हैतोमुम कि नहै’को नारा बुलन्द रूपमा चल्ने मात्र होइन बिक्नेसमेत विश्लेषण गरिँदै छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





