यात्रा आधा बाटोको …
योगेश राल्फली
एक्कासी कताबाट ? कहाँबाट ? आए थाहा छैन बजारबासीलाई । घरी लौरो बोकेर, घरी ढुंगा÷ईटा बोकेर बजार आतंकित बनाएको छ एकजनाले । उ देखेसी प्राय भाग्नै पर्छ झम्टी हाल्छन् अझ बढी महिलाहरुलाई । आ–आफ्नो तरिकाले दौडिरहेको बजारको दैनिकी अचेल त्रसित बनाएको छ एकजना चालिस कटेका अधवैंसे मान्छेले । मान्छेलाई झम्टिन खोजे पनि हात चाहिँ हाली हाल्दैन उ । विशेष गरी महिला देखेमा ‘उ मेरी कला !’ भन्दै पछिपछि चिच्याउँदै दुगुर्ने गर्छ उ । कसैले कसैले चाहिँ उसलाई देखेमा ‘अचेल यता आएछ र त हाम्रातिर नदेखेका रहेछन्’ भन्ने गर्दछन् । यसको मतलब ऊ फरक–फरक शहर बजारमा यसैगरी हिँड्दा रहेछन् भन्ने संकेत मिल्छ । दिनभरी बजारमा ‘कला ! मेरी कला !’ भन्दै हिँडे पनि रातमा चाहिँ कहाँ जान्छन् थाहा छैन कसैलाई ।
टोलका भुस्याहा कुकुरहरु झम्टिन खोज्छन् तर उ हातमा भएका लौरो र ढुंगाले हान्दै लखेट्छन् । अचेल बजारमा मान्छेदेखि कुकुर समेत त्रसित छन् । महिनौ बित्यो उ के खान्छ ? कहाँ बस्छ ? कसैलाई थाहा छैन । थोत्रो कोट, मयल नै मयलले कक्रक्क सर्ट पाइन्ट थुप्रै वर्ष महिना ननुहाएका जस्तो देखिने ती मान्छेको वास्तविकता बुझ्न कसैले सकेनन् बजारबासीले । एकदिन चारदोबाटोमा एउटा कारमाथि झ्याम्म ढुंगा प्रहार गरी भाग्छ उ त्यतिकैमा सबैजना घटनास्थलमा झुम्मिए । ट्राफिक प्रहरी भिडलाई हटाउँछन् सिठी फुक्दै र कारलाई सडकछेउ उपयुक्त ठाउँमा लग्छन् । यत्तिकैमा कार चालक बाहिर निस्कन्छन् कारबाट । र भन्छन् ठिकै छ प्रहरी सर ! यो क्षति म आफैं मर्मत गरौंला यो मान्छे मेरै गाउँको हो । मेरो आफन्त पर्छ । त्यसपछि सबै जना धुइरिन्छन् सडक छेउमा कथा सुन्न । अब शुरु हुन्छ वास्तव कथा । आखिर त्यो मान्छे समाज बदल्न, समाज सेवा गर्न भनेर हिँडेका फाइम्राङका काल्साङ रहेछन् । उसको गाउँ टोल र जिल्लामा नचिन्ने कोही छैनन् रे काल्साङलाई । अरुको सेवा र दुःखमा साथ दिँदा दिँदै सम्पत्ति सबै सके । आफ्नो घरको चाहिँ विचल्ली भएछ उसको । समाजमा त्यति नाम चलेको मान्छे विचरा काल्साङ अब भने घरको गर्जो टार्नै धौ–धौ भएर घर सल्लाहले श्रीमतीलाई विदेश पठाउने सल्लाह भएछ र पठाएछन् । श्रीमती कला विदेश गएको दुई सालसम्म त राम्रै भएछ उनको । त्यसपछि कलाले नम्बरसमेत परिवर्तन गरी सम्पर्कविहीन भइछे । कलाले चाला परिवर्तन गरेपछि पहिले भन्दा झन्झन बिग्रदै गएछ घरका समस्याहरु र काल्साङका आनीबानी । विस्तारै विस्तारै दिमागले काम गर्न छाडेछ उसको ।
पहिले त रातो दिन कला ! कला ! मात्रै भन्दै हिँड्थे रे । पछि पछिबाट मेरी कला ! लाई कहाँ पु¥याईस भन्दै मान्छेहरु माथि पनि हात हाल्न थालेछन् । समय वित्दै गएपछि कलाकै खोजीमा उ नयाँ–नयाँ सहर बजारतिर कराउँदै हिँड्न थालेछन् । वर्षाैं बितेछ यसरी कराउँदै हिँडेको उ । कला भने विदेशतिर अर्कै नाठोसँग केटोसँग मोजमस्ती गर्दैछे रे ।
कारमाथि ढुंगा प्रहारपछि खुल्यो काल्साङको वास्तविक कथा । त्यही भीडभित्रबाट एकजनाले बोल्यो ‘म ठीक पार्छु यो व्यक्तिलाई । म पहिलेकै अवस्थामा ल्याउँछु’ भन्दै बोल्छन् । भिडमा विभिन्न थरीका मान्छे हुन्छन् जसमध्ये एकजना निस्क्यो काल्साङको वास्तविक अभिभावक र केही व्यक्तिलाई सहयोग मागेर काल्साङलाई फकाई फकाई गाडीमा राखी लग्छन् टासी लामाले आफ्नो आश्रममा । आश्रममा त्यस्तै त्यस्तै कथा बोकेका करीब ६० जना थिए महिला पुरुष गरी । विभिन्न संघ÷संस्था र व्यक्तिलाई हारगुहार गरी पालनपोषण र हेरचाह गराउँदै आएका छन् लामाले उनीहरुलाई । काल्साङलाई कपाल कटाउने, नुहाउने र सम्पूर्ण कपडाहरुलाई फेरी दिन लगाए । तत्पश्चात शुरु हुन्छ काल्साङलाई वास्तविक कथा कहानी सोध्ने काम लामाद्धारा । काल्साङ लामालाई आफ्ना सम्पूर्ण कहानी बताउँछन् सविस्तार । तर बेलाबेलामा झनक–झनक रिसाउन भने छाडेका छैनन् काल्साङ । त्यो बानीलाई पनि हटाउन अग्रिम स्टक ल्याई राखेको औषधि खुवाई दिन्छन् काल्साङलाई । काल्साङको बेलीविस्तार सुनिसकेपछि आश्रमै भएकी एक महिला जो काल्साङकै जस्तो कथा कहानी भएकी सदिक्षासँग परिचय गराई दिए विशेषगरी । सदिक्षालाई पनि लामाले उस्तै अवस्थामा रोडबाट उठाएर ल्याएका थिए एक साल पहिले । सदिक्षाले चाहिँ लोग्नेले धोका दिएर अर्कैलाई अँगालेपछि घर छोडेर हिँडे पनि सडकपेटीमा भौतारे पनि माइतीले दिएको अंश भने सकुसल थियो र छ पनि । लामाले आश्रममा ल्याई सद्दे भएपछि कतै आफू जस्तै मिल्ने जोडी मिलेमा पुनः घरबार गरी नयाँ जिन्दगी शुरु गर्ने विचारमा थिइन् सदिक्षाको । त्यसैले ती दुईलाई विशेष परिचय गराए दिए लामाले ।
सदिक्षाको कहानी सुनेपश्चात बरर्र….. आँसु झार्छन् काल्साङ । आफूलाई पनि सहारा दिने कोही पाएमा नयाँ जिन्दगी शुरु गर्ने चाह व्यक्त गरे काल्साङले । दुबैको चाह मिल्ने देखिए पछि जोडी बाँध्न इशारा गरे लामाले । काल्साङ र सदिक्षा एकआपसमा गम्ल्याङ्ग अँगालेमा बेरिए र धेरै बेर रोए । लामाको लामाद्धारा सञ्चालित ‘पुनर्जीवन आश्रम’ भित्र आज वास्तवमै नयाँ पुनर्जीवन शुरु हुन्छ काल्साङ र सदिक्षाबीच । ती नव जोडी देखेर दंग छन् आश्रमका अन्य कथा÷कहानी बोकेकाहरु पनि । केही समयको तयारी पछि आश्रम भित्रै केही एक अर्काका आफन्तहरु बोलाएर विवाह गरी दिए लामाले काल्साङ र सदिक्षाको । काल्साङ र सदिक्षाको कथाले युटुप, फेसबुक र टिकटक सबै सामाजिक सञ्जाल भरियो । नव जोडीको अन्तर्वार्ता लिन हुलका हुल सामाजिक सञ्जालका सञ्चारकर्मीहरु आउन थाले । लामाको आश्रम र लामा पनि बहुत चर्चामा पुग्यो र सहयोग गर्ने संघ÷संस्था र व्यक्तिहरु पनि दिनहु बढ्दै गयो । विवाह पश्चात पनि केही महिना आश्रममै राखे ती नव दाम्पत्य जोडीलाई । कारण काल्साङलाई औषधि सेवन छुटाएर मात्रै पठाउनु छ । विस्तारै–विस्तरै काल्साङलाई औषधिको मात्र घटाउँदै लग्छन् । आज डेढ महिनाको आसपास भो औषधि छुटाएको काल्साङलाई । सदिक्षा नै औषधि र साहारा दुबै बनि उभिइन काल्साङको जीवनमा । काल्साङ पूर्णरुपमा ठीक हुनु र सहयोगका लागि एकजना आश्रममा आउनु संयोग मिल्यो । झण्डै एक दशक अमेरिका बसेर आएका दर्शन तामाङले सामाजिक सञ्जालमा देखिएका भाइरल भएका काल्साङ र सदिक्षाको जोडीको बारेमा बुझ्न आएका रहेछन् दर्शन तामाङ । दर्शन पनि काल्साङकै छिमेकी र बालसखा भएका कारण विशेष चासो राखेका रहेछन् । दर्शनले आश्रमका सञ्चालक लामाबाट नव जोडीको वास्तविकता बुझे सम्पूर्ण । सदिक्षाको माइतीले दिएको घरगोठ वास्तविकता बुझे सम्पूर्ण ।
सदिक्षाको माइतीले दिएको घर गोठ मर्मत गरी बारी खनजोत गर्न लाग्ने खर्च र घरमा लाग्ने सर–सामान अनि एक वर्षको लागि लाग्ने रासन पानी आफूले बेहोरी दिने बचन दिए दर्शनले लामालाई । दर्शनको प्रतिबद्धता पछि त लामा र आश्रमका सबै खुशी भए । नव जोडी त खुशी नहुने कुरै भएन । केही समय वाचचित गरे काल्साङसँगै दर्शनले । दर्शन र काल्साङ बालपनदेखिकै साथी रहेछन् । साथीको विशाल छाती देखेर खुशीले आँसु पनि बगाए काल्साङले । अव नरुन आग्रह गर्दै फर्किए दर्शन तामाङ आश्रमबाट विदा भएर ।
तीन महिनाको लामो छुटीमा आएकाले दर्शनले आश्रम गई फर्किएको भोलि पल्टै शुरु गरे सदिक्षाको माइती पक्षले दिएको घर मर्मत सम्भार गर्न र बारी खनजोत गर्न ज्यामी खेतालाहरु लगे । सदिक्षाको माइती पक्ष र गाउँले पनि खुशीले दिनहुँ सकेको सहयोग गर्न आए । “एकले थुके सुकी, सयले थुके नदी“ भने झैं करी एक महिनामै तयार भयो नव जोडीको लागि नयाँ ठाउँ । घारीले भरिएको बारी र भुतबंगला जस्तो घर बेहुली झैं सिँगारिए आज । गाउँका अन्य घरहरु भन्दा विछट्टै राम्रो देखिएको छ काल्साङ जोडीको घर । दर्शनको यो सेवामुखी काम देखेर औधी मान्छन् सदिक्षाका माइती र गाउँलेहरु । एक महिना त्यो वस्तीमा बस्दा सबै आफन्त जस्तै बनिसकेका छन् दर्शनका लागि । कसैले दर्शन सर ! कसैले काका ! कसैले के भनि सम्बोधन गरी नबोलाउने कोही छैनन् देख्ने वित्तिकै गाउँलेहरु । एक महिनाको त्यो गाउँको बसाई छाड्न गाह्रो गाह्रो भएको छ दर्शनलाई गाउँलेको मायाले गर्दा । तर नव जोडी लिएर आउने वाचासहित विदा भए दर्शन त्यो गाउँबाट ।
काल्साङ र सदिक्षाको विवाहको दिन खुशीयाली छाएको लामाको ‘पुनर्जीवन आश्रम’ मा आज भने खुशी हराएको छ । किनकी ती नयाँ जोडीलाई आफ्नै घरमा लगिदैछ । आश्रमका सञ्चालक लामा, सहयोगी दर्शन र आश्रमका केही व्यक्ति तयारी गर्दैछन् नयाँ जोडी पु¥याउन । बाहिर कुरिरहेछ गाडी तयारी अवस्थामा । ‘एउटा खाडल पुर्न, अर्को खाडल खन्नु पर्छ’ भने कतै खुशी हुन् कतै मन कुडाउन पर्दोरहेछ । उता सदिक्षाका माइती र गाउँले भने सदिक्षाका नयाँ जोडी आउने खबरले माला र फुलका गुच्छाहरु हातमा लिएर तयारी अवस्थामा छन् स्वागतका लागि । घर पनि विवाहकै दिनजस्तो चिटिक्क सिँगारिएको छ दर्शनको सल्लाह बमोजिम । माइती गाउँलेको भिड बाक्लै छ आज सदिक्षाको घरमा । गाउँलेको प्रतिक्षाको घडी पनि करीब टुंगिएको छ ।
कसैले पनि सोचेका थिएनन् यो दिन पनि आउँछ भनेर । आईपुगे टासी लामा र दर्शन नयाँ जोडी लिएर । सबै गाउँलेले राम्रै तयारी गरेका रहेछन् स्वागतका लागि पनि । कुनै राजनैतिक उपल्लो नेताको भन्दा कम भएन टासी लामा, दर्शन तामाङ र नयाँ जोडीको गलामा माला । बाटोमा राखिएका स्वागतका सगुनहरुमा केही रुपैयाँ चढाउँदै आँगन पुग्छन् नयाँ जोडी । भिडले गर्दा कसै कसैलाई हेर्न मुस्किल परेको छ नयाँ जोडी । नव जोडीको घर बारी सिंगार्नेको लागि अहिलेसम्म लागेको पाँच खर्च विवरण सार्वजनिक गर्दै बाँकी एक वर्ष बारीबाट आम्दानी नभईन्जेल खाना खर्च पाँच लाख सबैको सामु काल्साङ र सदिक्षाको हातमा दिन्छन् दर्शन । यो देखेर प्रायको आँखा रसाए दर्शनको विशाल छाती देखेर । झन्डै दस मिनेट तालीको वर्षा भयो दर्शन र टासीको लागि त्यहाँ । एक छिन आँगनको बसाईपछि परम्परा अनुसार भित्रिन्छन् नयाँ जोडी जिन्दगीको आधा बाटो शुरु गर्न सिजिएको घरभित्र …..।
ताजा
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





