गीत संगीत भावनाहरु अभिव्यक्त गर्ने माध्यम हो
–फुर्बा शेर्पा (Furba Sherpa-tw)
बुबा देण्डी शेर्पा र आमा छिरीङ डोल्मा शेर्पाको कोखमा दोलखा जिल्ला जिरी माली यालुङ भन्ने ठाउँमा जन्मनु भएको हो गायक फुर्बा शेर्पा । बाल्यकालदेखि नै कला क्षेत्रमा एकदमै रुचि राख्ने फुर्बाले सानै उमेरबाट गीतहरु गुनगुनाउने गर्थे र साथीहरुले पनि तिम्रो स्वर एकदमै राम्रो छ भनेर हौसला दिने गर्थे । साथ–साथै परिवारको पनि साथ सहयोग थियो उनलाई । त्यसैले सबैले तिमी कला कला क्षेत्रमा लाग्नु पर्छ भनेर प्रेरित गरे त्यसैले आफू कला क्षेत्रमा लागेको बताउँछन् गायक फुर्बा । कला÷गीत÷संगीत÷अभिनय भनेको भन्न र गर्न नसकेको हरेक कुरा र भावनाहरु यसैको माध्यमबाट सजिलैसँग व्यक्त गर्ने माध्यम बताउने गायक फुर्वा संगीतको कुनै भूगोल नहुने, न त कुनै सीमा नै हुन्छ भन्दै संगीतले ससारकै मान्छेलाई एउटै सुत्रमा बाँध्न सक्ने बताउँछन् फुर्बा । संगितको कुनै भाषा हुँदैन सगीतले एउटै समाजमा बसोबास गर्ने बिभिन्न थरिका व्यक्तिलाई एकाग्र गर्न मद्दत पु¥याउने हुनाले आफ्नो देशलाई चिनाउने विशिष्ट अवसर हुन्छ त्यसैले गीत संगीत मानव जीवनमा अत्यन्त आवश्यक कुरा बताउँछन् गायक फुर्बा ।
सांगीतिक क्षेत्रमा लाग्नेहरुको जिविका कसरी चलेको होला ? भन्ने सवालमा गायक फुर्बा कतिपयको यसै क्षेत्रबाट जिविका चलेको भएता पनि कतिपयलाई यस क्षेत्रबाट जिविका चल्न कठिन भएको उदाहरणहरु पनि छन् । यदि यसै क्षेत्रबाट सबैको जिविका निर्वाह गर्न सक्ने भएको भए कतिपय कलाकारहरु स्वदेश छोडेर विदेश जानु पर्ने थिएन होला सायद त्यसैले यो क्षेत्रबाट सबैको चाहिँ जिविका निर्वाह भएको छैन ।
सांगीतिक क्षेत्रलाई राज्यपक्षबाट खासै त्यस्तो सहयोग भएको छ जस्तो नलागेकोले विडम्वान आज देशका गहनाहरु, कयौं राम्रा–राम्रा कलाकारहरु आफ्नो भूमि छोडेर विदेशी भूमिमा कष्टकर जीवन बिताउन बाध्य छन् ती सबै रहरले गाएको हो जस्तो लाग्दैन । यदी राज्यपक्षबाट सहयोग भएको भए त्यो अवस्था आउने थिएन भन्दै सांगीतिक क्षेत्रलाई राज्यपक्षबाट कलाकारको उपचार खर्चदेखि लिएर जीवन बिमा सुनिश्चित गरिदिएमा यही स्वदेशमै बसेर पनि जिविका निर्वाह गर्न सक्ने वातावरण बन्ने बताउँछन् गायक शेर्पा ।
गायक फुर्बाले अहिलेसम्म आफ्नै एल्बम “हिमाली गाँउ’’ बोलको गीतलगायत दर्जनौ गीतहरुमा स्वर दिईसकेका छ्न् । अधिकांश गीतहरुमा फुर्बा आफैले संगीत गरिसकेका छन् । साथै धेरै जसो गीतमा आफैले अभिनय पनि गरिसकेको छन् फुर्बाले ।
पहिलादेखि नै सांगीतिक क्षेत्रमा आबद्ध भएता पनि केही व्यक्तिगत कारणले गर्दा विगत केही वर्षदेखि बाहिर रहँदै आएकोले संगीत क्षेत्रलाई समय दिन नसकिरहेको बताउने गायक फुर्बा आगामी दिनहरुमा यही क्षेत्रलाई निरन्तरता दिने लक्ष्य रहेको बताउँछन् ।
साथ–साथै विशेष गरेर आफ्नो समुदायको भाषा, कला, सस्कृति जोगाउन भावि पुस्तालाई केही सहयोग पुग्ने किसिमको कला क्षेत्रलाई निरन्तरता दिने लक्ष्य लिएका फुर्बा आफ्नो कला क्षेत्रमार्फत देशलाई चिनाउन चाहना रहेको र आफ्नो शेर्पा समुदायलाई कला संगीतको माध्यमबाट नै चिनाउन चाहन्छन् र आफ्नो भाषा संस्कृति के हो भनेर बुझ्न सहयोग पुगोस भन्ने उदेश्यले शेर्पाहरुको भाषा, कला, संस्कृति समेटेर विशेष कला क्षेत्रलाई निरन्तरता दिने बताउँछन् फुर्बा ।
कला, गीत, संगीत अभिनय क्षेत्रमा अब आउन चाहने सम्पूर्ण युवा पुस्तालाई कला क्षेत्रलाई माया गर्दिनु होला भन्दै कला संगीत भनेको आफुलाई मनोरञ्जन दिनुको साथै हामीलाई संसार भरि चिनाउन अवसर दिने मञ्च भएको भन्दै यो क्षेत्र अरुले देखे सुने जस्तो सजिलो चाहिँ नभएको र आफुले पनि कला क्षेत्रमा यो अवस्थामा आउन धेरै मेहनत गरेर यहाँसम्म आउन सफल भएको बताउँछन् ।
गायक फुर्बा अब सांगीतिक क्षेत्रमा आउन चाहने पुस्तालाई कला क्षेत्र के हो राम्ररी बुझेर लाग्न अनुरोध गर्दै आफु साथ साथै हाम्रो देशलाई पनि कला क्षेत्रबाट चिनाउन सकिन्छ । त्यसैले कला क्षेत्रलाई माया साथ र हौसला दिनुहोला भन्ने सल्लाह दिन्छन् गायक फुर्बा ।
(साभारः समय दृष्टि साप्ताहिक, प्रकाशित मिति २०८० भादै ८ गते)
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





