मजदुर आन्दोलनको जगमा २००७ सालको क्रान्तिः देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको जनक्रान्तिको आधार मजदुर आन्दोलनले बनाएको बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै सभापति देउवाले श्रमिकहरुको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वर्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहने जनाएका छन् ।
सभापति देउवाले मे १ तारिख— मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनको रुपमा स्मरण गर्दै यो दिनलाई संसारभरिका मजदुरहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइदै आएका जनाएका छन्।
‘वि।संं। २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बीपी कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो,’ देउवाले स्मरण गर्दै भनेका छन्, ‘नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो, त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एकअर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ।’
विसं २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको पनि सभापति देउवाले जनाएका छन्। ‘आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुले अनेक समस्याहरुलाई बेहोरिरहन परेको छ, उहाँहरुको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वद्र्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहने छ’ देउवाले शुभकामना सन्देशमा भनेका छन्।
ताजा
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा
२०८२ मंसिर १७ गते, बुधबार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
२०८२ मंसिर १७ गते, बुधबार
गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
२०८२ मंसिर १७ गते, बुधबार
कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै
२०८२ मंसिर १७ गते, बुधबार
चर्चित र्यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
२०८२ मंसिर १७ गते, बुधबार
तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल
२०८२ मंसिर १६ गते, मंगलवार
नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई
२०८२ मंसिर १६ गते, मंगलवार
चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु
२०८२ मंसिर १६ गते, मंगलवार
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
२०८२ मंसिर १६ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





