स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति पौडेल

२०८० बैशाख १८ गते, सोमबार

काठमाडौंं। राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गरेका छन्।

यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन्।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको र मुलकमा लोकतन्त्रात्मक, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने विश्वास लिएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ।

मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत् स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक भएको पनि राष्ट्रपतिले बताएका छन्।

सन्देशमा राष्ट्रपति पौडेलले उद्यमशीलताको विकास गर्न पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

साथै उनले विश्व मजदुर दिवसले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवम् समाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्ने तर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

 

96 Views

ताजा

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

२०८२ मंसिर १७ गते, बुधबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

२०८२ मंसिर १७ गते, बुधबार

गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

२०८२ मंसिर १७ गते, बुधबार

कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै

२०८२ मंसिर १७ गते, बुधबार

चर्चित र्‍यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

२०८२ मंसिर १७ गते, बुधबार

तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते, मंगलवार

नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

२०८२ मंसिर १६ गते, मंगलवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal