सरकार मिटरब्याजीलाई न्याय देऊ

गणेश जि.सी.
केही समययतादेखि राजधानी काठमाडौंमा आन्दोलनरत् मिटर ब्याज पीडितहरुमाथि सरकारले दमन गर्न सुरु गरेको छ । सोमबार आन्दोलनरत् मिटर ब्याज पीडितहरुमाथि लाठी बर्साउन प्रहरीलाई निर्देशन दिएर सरकारले उनीहरुमाथि दमन शुरु गरेको हो । प्रहरीको निर्मम दमनबाट न्यायको ‘भीख’ माग्दै राजधानी छिरेका पीडितहरु घाइते बनेका छन् । सर्वहारा वर्गको हितका लागि भन्दै राजनीति गरेर शासनको बागडोर सम्हाल्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्चको वर्तमान सरकारले घरबारविहीन बन्न लागेका पीडितहरुमाथि यस किसिमको रवैया अपनाउनु खेदजनक मात्र होइन, साँच्चिकै निन्दनीय विषय पनि हो ।
विशेषगरी मधेशका जिल्लाहरुमा आर्थिक कमजोरीको फाइदा उठाएर त्यहाँका साहु महाजनहरुबाट सताइएका उनीहरु न्याय खोज्दै काठमाडौं छिर्नु अपराध होइन । सबै नागरिकहरुको अभिभावक सरकार भएका कारण न्यायको आशमा उनीहरुले आन्दोलनलाई अगाडि बढाइरहेका हुन् । सरकारको कानसम्म आफ्नो माग या गुनासो पु¥याउनका लागि आन्दोलन नै गर्नुपर्ने बिडम्बनापूर्ण अवस्था नभएको भए उनीहरु काठमाडौं आउने थिएनन् । पटक–पटक हारगुहार गर्दा समेत सरकार कानमा तेल हालेर बसेपछि उनीहरु बाध्यात्मक अवस्थामा काठमाडौं छिरेर आन्दोलन गर्न विवश भएका हुन् । एक त मिटरब्याजका कारण घरबार गुम्ने डर, दोश्रो आन्दोलनका लागि ऋण काढेर काठमाडौं छिर्नु पर्ने परिस्थिति सिर्जना हुनु कति भयावह र कहालीलाग्दो छ, त्यो मानवता भएकाहरुले सहज महशुस गर्न सक्ने कुरा हो । तर, सामन्तवादको अन्त्य गर्दै समाजवाद उन्मुख व्यवस्था स्थापित गर्न सफल भएको भन्नेहरुबाटै पीडितहरुमाथि प्रहरीले निर्मम दमन गर्नु र विभिन्न क्षेत्रबाट मुठ्ठी दानबाट प्राप्त अनाज,ग्याँस, ग्याँस चुलो, भाँडाकुडासमेत प्रहरीद्वारा खोसिनु आश्चर्यजनक छैन । सरकारको यो हर्कत संविधानसभाबाट जारी संविधानले प्रदत्त गरेको नागरिकको मौलिक हकमाथिको ठाडो प्रहार हो । नागरिकले आफूमाथि भएको अन्यायका बिरुद्ध शान्तिपूर्वक आवाज उठाउन पाउने संबिधानप्रदत्त मौलिक अधिकार नै हो । यो यथार्थलाई आत्मसात गर्न नसक्नु सरकार नागरिकहरुप्रति असहिष्णु बन्दै गएको प्रमाण हो ।
मिटरब्याज पीडितहरु साँच्चिकै पीडित हुन् भन्ने कुरामा सरकार सहमत भएरै यसअघि आयोग बनाउने र कानून संशोधन गर्ने कुरामा सरकार सहमत भएको हो । त्यो कुरा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबारमात्रै पनि दोहो¥याएका छन् । सोमबार भएको बल प्रहारलाई झडपको संज्ञा दिएर छानविन समिति बनाउने गृहमन्त्रीको भनाईले मिटरब्याज पीडितहरुको घाउमा मल्हम लाग्ने सम्भावना छैन । एउटा पक्षसँग सरकारले गरेको सम्झौता कार्यान्वयन हुने विश्वास नभएकै कारण उनीहरु फेरि आन्दोलनमा आउनु परेको हो । पीडितहरुको घाउमा नुनचुक छर्कनु भन्दा पनि सरकारले न्याय दिलाएरै छोड्ने विश्वास उनीहरुलाई दिलाउन सक्नुपर्छ । पीडकहरुसँग साँठगाँठ गरेर पीडितहरु झन् पीडित बनाउने सरकारी क्रियाकलापले निरन्तरता पाउने परिस्थिति रहुन्जेल नागरिकमा सरकारप्रतिको अविश्वास कायमै रहन्छ । यो सरकारप्रतिको अविश्वास हो । त्यसैले शान्तिपूर्ण रुपमा आफ्नो अधिकारको उपयोग गर्दै न्यायको माग राखेर आवाज उठाइरहेका नागरिकहरूको अधिकार हनन् गर्नुभन्दा न्याय दिलाउने विश्वास सरकारले गराउन सक्नुपर्छ ।
ताजा

रेशम चौधरी जेलबाट रिहा
२०८० जेष्ठ १५ गते, सोमबार
रेशम चौधरी जेलबाट रिहा
२०८० जेष्ठ १५ गते, सोमबार
गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई कैद सजाय माफी
२०८० जेष्ठ १५ गते, सोमबार
आज बजेट सार्वजनिक हुने
२०८० जेष्ठ १५ गते, सोमबार
१६औँ गणतन्त्र दिवस आज, सार्वजनिक विदा
२०८० जेष्ठ १५ गते, सोमबारसार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू हुने
२०८० जेष्ठ ११ गते, बिहीबार
रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी
२०८० जेष्ठ ११ गते, बिहीबार
अनौठो गाउँ : यहाँका गाउँले न जुत्ताचप्पल लगाउँछन्, न बिरामी हुँदै अस्पताल जान्छन् !
२०८० जेष्ठ ११ गते, बिहीबार
नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम छैनन्ः सांसद भण्डारी
२०८० जेष्ठ ११ गते, बिहीबार
मेयर बालेनको दृढताले निजी विद्यालयहरुलाई तनाव
२०८० जेष्ठ ११ गते, बिहीबार
२०४६ सालयताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न सांसद विष्टको माग
२०८० जेष्ठ ११ गते, बिहीबारलोकप्रिय

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार