रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेनः अध्यक्ष गोल्यान

२०७९ चैत्र २९ गते, बुधबार

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताएका छन् । सिबिफिनद्वारा मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लगानी डुब्ने डरले नयाँ लगानी गर्न वित्तीय संस्था डराइरहेको उल्लेख गरे ।

अहिले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको मनोवल खस्किएको छ । लगानी डुब्ने डरले लगानी गर्न डराइरहेका छन् । सङ्गठित हिसाबले ऋण नतिर्ने वातावरण सिर्जना गरिरहेका छन्, यो गलत हो भन्ने कुरा प्रष्ट पार्नु जरुरी छु, अध्यक्ष गोल्यानले भने, ुउत्पादनमूलक क्षेत्रमा गरिने लगानीमा लिइने ब्याजदर अनुत्पादक क्षेत्रमा गरिने लगानीमा लिइनेभन्दा दुईदेखि पाँच प्रतिशत कम हुनुपर्छ ।ु

अहिले आयात बढेर विलासिताका वस्तु खरिदमा रकम बाहिरिने डरले ब्याजदर घटाउन डराउनुपरेको उनको भनाइ थियो । ब्याजदर बढी हुँदा बैंकमा पैसा बढी थुप्रिने भयो । अर्कोतर्फ व्यवसायीले अहिलेको ब्याजदर धान्न सक्ने अवस्था छैन । त्यसकारण ब्याजदर घट्नु अनिवार्य छ, अध्यक्ष गोल्यानले भने । उनले साना जलविद्युत्मा आधारित ऊर्जा क्षेत्रमा बैंकिङ क्षेत्रबाट दुई खर्ब लगानी भएको उल्लेख गर्दै अब आर्थिक समृद्धिमा जोड दिने गरी नीति–निर्माण गरिनुपर्नेमा जोड दिए ।

अध्यक्ष गोल्यानले उद्योगले ऋणको ब्याज तिर्न नसकिरहेको र निरन्तर यही ब्याजदर धान्न नसकिने भएकाले वैशाखदेखि नै ब्याजदर घटाइनुपर्ने बताए । चाहिनेभन्दा बढी लगानी सिमेन्ट र छडमा भएको जिकिर गर्दै उहाँले अन्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

सिबिफिनका सचिव पुष्पशरण मल्लिकले ब्याजदर कम राख्नका लागि बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कमको मुद्दति बचतलाई निरुत्साहित गर्नुपर्ने बताए । ुब्याजदर कम कायम गर्न लागत कम हुनुपर्छ । यसका लागि एक वर्षभन्दा कम अवधिको मुद्दति बचतलाई निरुत्साहित गर्नु आवश्यक छु, उनले भने ।

सिबिफिन कार्यसमिति सदस्य महेन्द्रकुमार गोल्यानले विदेशी मुद्रा सञ्चिति घट्दा तरलता अभाव र तरलता अभाव हुँदा ब्याजदर बढ्ने बताए । उनले अहिले आन्तरिक र बाह्य समस्याका कारण तरलता अभाव भएको उल्लेख गर्दै सरकारले निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई आत्मसाथ गरेर समस्या समाधानमा लाग्नुपर्ने बताए । (रासस)

21 Views

ताजा

रेशम चौधरी जेलबाट रिहा

२०८० जेष्ठ १५ गते, सोमबार

रेशम चौधरी जेलबाट रिहा

२०८० जेष्ठ १५ गते, सोमबार

गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई कैद सजाय माफी

२०८० जेष्ठ १५ गते, सोमबार

आज बजेट सार्वजनिक हुने

२०८० जेष्ठ १५ गते, सोमबार

१६औँ गणतन्त्र दिवस आज, सार्वजनिक विदा

२०८० जेष्ठ १५ गते, सोमबार

सार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू हुने

२०८० जेष्ठ ११ गते, बिहीबार

रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी

२०८० जेष्ठ ११ गते, बिहीबार

अनौठो गाउँ : यहाँका गाउँले न जुत्ताचप्पल लगाउँछन्, न बिरामी हुँदै अस्पताल जान्छन् !

२०८० जेष्ठ ११ गते, बिहीबार

नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम छैनन्ः सांसद भण्डारी

२०८० जेष्ठ ११ गते, बिहीबार

मेयर बालेनको दृढताले निजी विद्यालयहरुलाई तनाव

२०८० जेष्ठ ११ गते, बिहीबार

२०४६ सालयताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न सांसद विष्टको माग

२०८० जेष्ठ ११ गते, बिहीबार

लोकप्रिय

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal