सन्दिप जे,ल बाट छुट्दै आफै फसिन् १९, वर्ष पुगिसकेकी युवतिलाई हुने भयो जेल हेर्नुस् भिडियो

२०७९ आश्विन २६ गते, बुधबार

काठमाडौं-प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफू विरुद्ध ब,लात्कारको आ रोप लगाएकी कि,शोरी नाबालिग नभएको दा बी गरेका छन् ।२० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए ।

त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी ना बालिग नभएको दाबी गरेका छन् । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने । जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ ।

अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि ना,बालिका देखिने गरी जन्मदर्ता बनाएको दा बी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन् ।अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ । उहाँ नाबा,लिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ।, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।

अधिवक्ता सरोज कृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए । जवाफमा न्यायाधीशले मु,द्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।

अर्को पनि = चुनावपछि नागढुङ्गामुग्लिन सडक विस्तार तीव्र, कसरी हुन्छ ट्राफिक व्यवस्थापन  सरकारले ४ मंसिरको निर्वाचनपछि नागढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड विस्तारको कामलाई तीव्रता दिने भएको छ । अहिले नागढुङ्गा देखि मलेखुसम्मका सडक मर्मतमा सीमित रहेको विस्तारको कामको गति चुनावपछि तीव्र पारिने सडक विभागले जनाएको छ ।

विभागका विकास सहायता महाशाखा प्रमुख रामहरि पोखरेलका अनुसार यो सडकखण्डलाई तीन भाग लगाएर विस्तार गरिनेछ । नागढुङ्गा–नौबीसे र नौबीसे–मलेखु खण्डको विस्तार गर्न ठेक्का लागेको वैशाख २०७९ मै ठेक्का लागेको थियो । यो खण्डमा अहिले ठेकदार र परमार्शदाताले सर्भेको काम गरिरहेको छ ।

पोखरेलका अनुसार मलेखुमुग्लिन खण्ड विस्तारको ठेक्काका लागि कम्पनी छनोट भएर आशयपत्र आह्वान भइसकेको छ । आशयपत्रको प्रक्रिया पूरा गरेर ठेक्का सम्झौता हुनेछ । यो खण्डको ठेक्का शर्मा जेडआईसीजी जेभीले ४ अर्ब ८० करोडमा पाउने गरी आशयपत्र जारी भइसकेको छ ।

नागढुङ्गा–नौबिसे खण्ड सुगुन र जेएमसी जेभीले १ अर्ब ३१ करोड रुपैयाँमा ठेक्का पाएको पोखरेलले बताए । नौबिसे–मलेखु खण्ड शर्मा लामा जेडआईसीजी जेभीले ५ अर्ब ३२ करोड रुपैयाँमा ठेक्का हात पारेको छ ।

नागढुङ्गा–मुग्लिन खण्डमा काम गर्नु चुनौतीपूर्ण हुने पोखरेलले बताए । उकालो सडकमा अहिले सामान्य अवस्थामै जाम हुने समस्या छ । त्यसमाथि अब सडकको दायाँ–बायाँ निर्माणको काम सुरु गरेपछि जाम बढ्नसक्ने जोखम छ ।

सकेसम्म विस्तार गर्दा भित्ता नकाट्ने, चलिरहेका लेनका सडक नभत्काउने र भत्किन नदिने योजना छ। उनले भने ।सम्भव भएसम्म पर्खाल लगाएर सडक विस्तार गर्ने योजनामा छौं ।’व्यवस्थित ढंगले सवारी र यात्रुलाई सकस नहुने ढंगबाट विस्तारको काम हुने उनले बताए । त्यसका लागि कहाँ कहाँ सडक डाइभर्ट गर्न सकिन्छ भनेर अध्ययन भइरहेको विभागले बताएको छ ।

सरकारले विश्व बैंकको आर्थिक सहयोगमा काठमाडौंको मुख्य नाका नागढुङ्गासम्माको सडक न्यूनतम् डेडिकेटेड दुई लेनको बनाउन लागेको हो । यो सडकखण्ड विस्तारपछि ठाउँ र भौगोलिक अवस्थाअनुसार कतै चार, तीन र दुई लेनको हुनेछ ।

यो खण्डको ३६ किलोमिटर खण्ड तीन लेनको हुनेछ । बस्ती र बजार क्षेत्रको सडक चार लेनको हुनेछ । बढी उकालो रहेको भागमा सवारी बिग्रँदा असर नपर्ने गरी तीन वटा लेन बनाउन लागिएको हो ।यो सडकको पुरै खण्ड चार लेनमा विस्तार गर्न खोजिएको थियो । तर, मुआब्जा अत्याधिक तिर्नुपर्ने भएपछि मुग्लिन–नारायणगढ सडकखण्डको जस्तै सडक बनाउने गरी विस्तारको काम हुन लागेको हो ।

९२ किलोमिटर लामो यो सडकखण्डका बीच–बीचमा विभिन्न बजारहरु छन् । जुन बजारमा २५ मिटरभित्रै घरसहितका संरचनाहरु पर्छन् ।मुग्लिन–नागढुङ्गा सडकमार्ग ६५ जिल्लाका यात्रु काठमाडौं प्रवेश गर्ने मुल मार्ग हो । यो खण्ड वर्षौंदेखि टालटुलका भरमा चलाइँदै आएको छ । वर्षाको समयमा यो सडक अति जीर्ण बन्न पुग्छ ।

नौबीसेमाथि नागढुङ्गासम्मको सडक पानी पर्नासाथै यो सडकमा खाल्डाखुल्डीका कारण मालसामान बोकेर आएका सवारीलाई उकालो लाग्न कठिन हुने गरेको छ । यसले गर्दा उकालोमा एउटा सवारी बिग्रिएर रोकिनासाथै लामो लाइन लागिहाल्ने समस्या छ ।उच्च रुपमा हुने सवारी आवागमनले सडक मर्मत गर्न नै कठिन हुने गरेको छ । यो मार्गमा मुख्य रुपमा बढी भार बोकेर आएका सवारीका कारण कालोपत्रे नटिक्ने समस्या हुन्छ ।

झन् गुणस्तरीय ढंगमा कालोपत्रे नगरिँदा महिना दिनमै उप्किने र भत्किने समस्या देखिने गरेको छ । सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सवारीलाई मुस्किल हुन्छ । दिनमा १८ देखि २० हजार सवारी आवात–जावत गर्ने सडकको अवस्था वर्षौंदेखि फेरिएको छैन ।

अहिले यात्रुबाहक तथा मालबाहक सवारीलाई त्रिशूलीको तीरैतीरबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । पोखरा आउने र जाने सवारीको चाप समेत हुने भएकाले यो सडकमा सवारीको चाप मुग्लिन–नारायणगढ खण्डको भन्दा बढी हुन्छ ।

त्यसैले यो खण्ड विस्तार सुरु भएपछि काठमाडौं–आउने जाने सवारी तथा यात्रुले जाममा बस्नुपर्ने जोखिम छ । विगतमा मुग्लिन–नारायणगढ सडक खण्ड विस्तारका क्रममा पनि त्यस्तो समस्या देखिएको थियो ।

विभागका विकास सहायता महाशाखा प्रमुख पोखरेल यो खण्ड विस्तार पछि काठमाडौं आउने सवारीको सास्ती हट्ने दावी गर्छन् । ‘विस्तारको समयमा केही सास्ती हुनसक्छ,’ उनी भन्छन्,‘विस्तारपछि काठमाडौं आउने सवारी र यात्रुले भोग्ने सास्ती हट्छ ।’

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal