के हुँदै छ रसिया युक्रेन युद्द आयाे नया अपडेट हेर्नुहाेस्,
युक्रेनी राष्ट्रपतिको आफ्नो देशप्रतिको अगाध प्रेमकै कारण राखेको चट्टानी अडानले रुस अतालिएको छ ।
रुसले कब्जा गरेका २० बस्ती हालसम्म फिर्ता गर्न आफूहरु सफल भएको युक्रेनले बताएको छ। रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आ,क्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन्।
“पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्, युक्रेनी सेनाले भनेको छ।
युक्रेनका सेनाले ती बस्तीहरू फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन्। देशको दक्षिणी र पूर्वी क्षेत्रमा पछिल्लो हप्ता युक्रेनले रुसी सुरक्षाकर्मी वि,रुद्ध सफलता हासिल गरिरहेको युक्रेनी सेनाको भनाइ छ।
उनीहरूले इज्युम, कुपियन्स्क, बालाक्लीया लगायतका ठाउँहरू यसअघि नै फिर्ता गराइसकिएको युक्रेनको भनाई छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जोलेनेस्कीले पनि दैनिक सम्बोधनका क्रममा आइतबार खार्किभ र डोनेत्स्क क्षेत्र पुरै, जापोरिझझीया, डिनिप्रोपेट्रोभ्स्क र सुमीको केही क्षेत्र फिर्ता लिइएको बताएका छन्।
युद्ध हार्न थालेपछि रुसले भने युक्रेनलाई क्षति पुर्याउने हिसाबले त्यहाँको अस्पताल, विद्युत स्टेसनहरुमा आ,क्रमण गरेको छ। त्यतिमात्र नभएर रुसले यु,द्धको नेतृत्व गरिरहेका शीर्ष सैन्य कमाण्डरहरुलाई सेवाबाट बर्खास्त गरेको डेलीमेलले जनाएको छ।
रुसी सेनाको नेतृत्व सम्हालेको १६ दिनमै लेफ्टिनेन्ट जनरल रोमन बर्दनिकोभलाई सेवाबाट हटाइएको छ। धेरै क्षेत्रको सैन्य कमाण्ड सम्हालेका कमाण्डरहरुलाई पनि पदबाट हटाएर नयाँ सैन्य नेतृत्व चयन गरेको बताइएको छ।
यद्यपी पश्चिमा राष्ट्रबाट हतियार पाइरहेको युक्रेनी सेनाले रुसी सेनालाई धेरै क्षेत्रमा मात खुवाइसकेको अवस्था छ।
रुसले यसअघि आफ्नो सेनाले खार्किभ क्षेत्रका प्रमुख सहरहरू बालाक्लिया, इज्युम र कुपियान्स्क छोडेको स्वीकार गरेको थियो। रुसले अहिले यस क्षेत्रको सानो पूर्वी भाग मात्र नियन्त्रणमा राखेको छ।
क्राइमियासँगको सिमानामा रहेको दक्षिणी खेरसन क्षेत्रमा पनि युक्रेनी सेनाले महत्त्वपूर्ण प्रगति गरेको विवरणहरू आएका छन्। युक्रेनी प्रायद्वीप क्राइमियालाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो।
ब्रिटेनका रक्षा अधिकारीहरूले युक्रेनी सेनाको पछिल्लो सफलताले रुसको समग्र परिचालन योजनामा महत्त्वपूर्ण प्रभाव पार्ने बताएका छन्।
यद्यपि, क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले सुरुमा तय गरिएका सबै कार्यहरू पूरा नभएसम्म युक्रेन वि,रुद्ध कारबाही जारी रहने कुरामा जोड दिएका छन्।
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





