के हुँदै छ रसिया युक्रेन युद्द आयाे नया अपडेट हेर्नुहाेस्,

२०७९ भाद्र ३० गते, बिहीबार

युक्रेनी राष्ट्रपतिको आफ्नो देशप्रतिको अगाध प्रेमकै कारण राखेको चट्टानी अडानले रुस अतालिएको छ ।

रुसले कब्जा गरेका २० बस्ती हालसम्म फिर्ता गर्न आफूहरु सफल भएको युक्रेनले बताएको छ। रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आ,क्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन्।

“पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्, युक्रेनी सेनाले भनेको छ।

युक्रेनका सेनाले ती बस्तीहरू फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन्। देशको दक्षिणी र पूर्वी क्षेत्रमा पछिल्लो हप्ता युक्रेनले रुसी सुरक्षाकर्मी वि,रुद्ध सफलता हासिल गरिरहेको युक्रेनी सेनाको भनाइ छ।

उनीहरूले इज्युम, कुपियन्स्क, बालाक्लीया लगायतका ठाउँहरू यसअघि नै फिर्ता गराइसकिएको युक्रेनको भनाई छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जोलेनेस्कीले पनि दैनिक सम्बोधनका क्रममा आइतबार खार्किभ र डोनेत्स्क क्षेत्र पुरै, जापोरिझझीया, डिनिप्रोपेट्रोभ्स्क र सुमीको केही क्षेत्र फिर्ता लिइएको बताएका छन्।

युद्ध हार्न थालेपछि रुसले भने युक्रेनलाई क्षति पुर्याउने हिसाबले त्यहाँको अस्पताल, विद्युत स्टेसनहरुमा आ,क्रमण गरेको छ। त्यतिमात्र नभएर रुसले यु,द्धको नेतृत्व गरिरहेका शीर्ष सैन्य कमाण्डरहरुलाई सेवाबाट बर्खास्त गरेको डेलीमेलले जनाएको छ।

रुसी सेनाको नेतृत्व सम्हालेको १६ दिनमै लेफ्टिनेन्ट जनरल रोमन बर्दनिकोभलाई सेवाबाट हटाइएको छ। धेरै क्षेत्रको सैन्य कमाण्ड सम्हालेका कमाण्डरहरुलाई पनि पदबाट हटाएर नयाँ सैन्य नेतृत्व चयन गरेको बताइएको छ।

यद्यपी पश्चिमा राष्ट्रबाट हतियार पाइरहेको युक्रेनी सेनाले रुसी सेनालाई धेरै क्षेत्रमा मात खुवाइसकेको अवस्था छ।

रुसले यसअघि आफ्नो सेनाले खार्किभ क्षेत्रका प्रमुख सहरहरू बालाक्लिया, इज्युम र कुपियान्स्क छोडेको स्वीकार गरेको थियो। रुसले अहिले यस क्षेत्रको सानो पूर्वी भाग मात्र नियन्त्रणमा राखेको छ।

क्राइमियासँगको सिमानामा रहेको दक्षिणी खेरसन क्षेत्रमा पनि युक्रेनी सेनाले महत्त्वपूर्ण प्रगति गरेको विवरणहरू आएका छन्। युक्रेनी प्रायद्वीप क्राइमियालाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो।

ब्रिटेनका रक्षा अधिकारीहरूले युक्रेनी सेनाको पछिल्लो सफलताले रुसको समग्र परिचालन योजनामा महत्त्वपूर्ण प्रभाव पार्ने बताएका छन्।

यद्यपि, क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले सुरुमा तय गरिएका सबै कार्यहरू पूरा नभएसम्म युक्रेन वि,रुद्ध कारबाही जारी रहने कुरामा जोड दिएका छन्।

166 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal