राज्यकाे नजर नपुगेकाे याे गाउँ

२०७९ भाद्र २५ गते, शनिबार

एक दिन फुटिकले टेलिफोन गर्न तीन घण्टा दूरीमा पर्ने लेजुङ डाँडा गएका छिमेकीलाई माइतीतिरको हालखबर पनि बुझिदिन आग्रह गरिन् ।

चीन सिमानामा रहेको यस्तो बस्ती, जहाँका स्थानीय फोन गर्न जानुअघि घरमा धूप हालेर शुभ साइत पार्छन्।

जब छिमेकीले फुटिकका काठमाडौंमा रहेका आफन्तसँग कुरा गरे, अशुभ तर अपुष्ट खबर सुनाए । फुटिककी आमाको निधन भएको हो होइन भनेर पुष्टि गर्न तिब्बतमै फोन गर्न जरुरी थियो ।

जुन फुटिकको गाउँबाट सम्भव थिएन । तिब्बतमा रहेका माइतीले काठमाडौंमा रहेका आफन्तसँग विच्याटमार्फत कुराकानी गर्छन् । माइतीको खबर थाहा पाउन फुटिकले काठमाडौंमा नै सम्पर्क गर्नुपर्छ ।

कोरोना महामारी सुरु भएको तीन वर्षयता नेपाल–चीन जोड्ने टिप्ताला भन्ज्याङ नाका बन्द छ । नाका खुल्थ्यो भने फुटिक बिरामी आमालाई भेट्न जान्थिन् ।

फोन सम्पर्कसमेत नहुँदा आमाको खबर पुष्टि गर्न १४ दिन लाग्यो । ‘आमा बिरामी भएको खबर मात्रै थाहा पाएको भए पनि स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गर्थें भन्ने थकथकी लाग्छ, उनले भनिन् ।

मृ,त्युको खबर समयमै नपाउँदा परम्पराअनुसार चिर शान्तिका लागि दीप प्रज्वलन गरी प्रार्थना गर्न पाइनन् । शेर्पा, भोटे समुदायमा परलोक भएको दिनदेखि हरेक छोराछोरीले ४९ दिनसम्म २४ सै घण्टा ननिभ्ने गरी बत्ती बालेर प्रार्थना गर्ने प्रचलन छ ।

सञ्चार सम्पर्कबाहिर रहेकैले याङ्मा गाउँवासीले हरेकजसो स,मस्यामा अरूको साथसहयोग पाउँदैनन् । गत वर्ष पनि भदौमा लेकको चौंरी गोठमा गएका बेला निमाफुटीको खुट्टामा गहिरो चो,ट लाग्यो । गाउँमा न स्वास्थ्यचौकी न उपचार ।

हेलिकोप्टरमा काठमाडौं लगेर भए पनि उपचार गर्ने योजना बन्यो । स्थानीयले फोनको टावर टिप्ने नजिकैको लेजुङ डाँडामा गएर दुई दिनसम्म काठमाडौंमा फोन सम्पर्क गर्ने प्रयास गरे ।

सम्भव नभएपछि निमाफुटीका बुबा तेन्जिङ एक दिनको बाटो हिँडेर ओलाङचुङगोला पुगे । काठमाडौंमा फोन गरेर गाउँमा हेलिकोप्टर झिकाए । समयमै अस्पताल पुर्‍याउन नसकेकैले निमाफुटीले खुट्टा गुमाउनुपर्‍यो ।

अहिले पनि उनलाई लाग्छ, गाउँमा फोन मात्रै टिप्ने भइदिए समयमै उपचार पाउँथें । जीवनभरलाई अपांग बन्नुपर्ने थिएन ।’

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तीन दिनको पैदलमा रहेको याङ्मा नेपाल र चीनको सिमाना टिप्ताला भन्ज्याङबाट नजिकैको बस्ती हो ।

५२ जनाको जनसंख्या र जम्मा १० घरपरिवारको बसोबास रहेको बस्तीमा गत स्थानीय तहको चुनावमा १४ भोट खसेको थियो । पहिले यहाँ १७ घर थिए, सुविधाकै अभावमा ७ परिवारले बस्ती छाडिसकेका छन् । गोरेटो बाटो मात्रै रहेको यो बस्ती ओलाङचुङगोलाबाट एक दिनको पैदल दूरीमा छ ।

बस्तीलाई गन्तव्य बनाएर हिँड्ने जो कोहीले पनि खानेकुरा झोलामा बोकेर जानुपर्छ । किनकि बाटोमा कुनै बस्ती र पसल छैनन् । यो बस्तीबाट नेपाल–चीन सिमाना पुग्न झन्डै एक दिन यात्रा गर्नुपर्छ । सिमाना नजिकैको तिब्बती बस्ती रिउ भने दिनभरको यात्रामा पुगिन्छ ।

४२ सय मिटर उचाइको याङ्मा पुरानो बस्ती हो । स्थानीय बुढापाका यो बस्तीको इतिहास सय वर्षभन्दा लामो रहेको बताउँछन् । तर यहाँ सञ्चार, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवा पुगेको छैन ।

फक्ताङलुङ–७ का अध्यक्ष छेतेश शेर्प लामा बस्तीको अवस्था देख्दा आफूलाई जनप्रतिनिधि भएको भन्न पनि लाज लाग्ने बताउँछन् ।

ओलाङचुङगोलावासी उनले आधारभूत पूर्वाधारकै अभावमा स्थानीयले दुःख भोगिरहेको सुनाए ।मेरो बस्तीमा पनि फोन थिएन, पोहोर बल्लबल्ल टावर जोडेपछि फोन लाग्ने भएको छ, अझै फोरजी त जोडेकै छैन, उनले भने, याङ्मालाई टेलिफोन दिनुस् न भनेर कति धायौं कति, खै दिँदैनन् ।’

नेपाल टेलिकमले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमबाट टेलिफोन सुविधा दिए दुर्गमका नागरिकलाई राहत हुने उनको भनाइ छ ।

यहाँका बासिन्दा मौसम खुलेको मौकामा टेलिफोन गर्न लेजुङ डाँडा जान्छन् । कुहिरो हटेर दिन खुलेको बेला स्काईको सादा सेटबाट टेलिफोन सम्पर्क हुन्छ ।

‘कहिले मज्जाले बुझिन्छ, कहिले मधुरो हुन्छ, कहिले त लाग्दै लाग्दैन, वडाध्यक्ष लामाले भने । लेजुङ डाँडामा पनि लेक लाग्ने जोखिम हुन्छ ।

मौसम खुल्दा पनि दुःख नपाइयोस् भनेर यहाँका बासिन्दा घरमा धूप हालेर शुभ साइत पारेर मात्रै फोन गर्न जाने गरेको लामाले बताए । हिउँले ढाकेको चार/पाँच महिना त लेजुङ डाँडाबाट पनि फोन सम्पर्क विच्छेद हुन्छ ।

एक कल फोन लाग्नु र नलाग्नुले पनि यहाँका बासिन्दाको सुख र दुःखमा फरक पार्छ । जस्तो कि, गत वर्ष फिन्जो शेर्पालाई बारी जोत्ने क्रममा याकले हान्यो ।

घाँटीमा गम्भीर चो,ट लागेपछि उनी हिँड्नै नसक्ने भए । बस्तीमा बुढापाका र महिला मात्रै थिए । आफन्तले लेजुङ डाँडामा गएर तत्कालीन वडाध्यक्ष छेतेन शेर्पा भोटेलाई फोन गरे ।

धन्न, फोन लाग्यो । उनीहरूले वडाध्यक्षलाई बस्तीमा स्वास्थ्यकर्मी पठाइदिन आग्रह गरे । वडाध्यक्षले ओलाङचुङगोलाबाट स्वास्थ्यकर्मी लिएर भोलिपल्टै बस्तीमा पुगे र उपचार गराए । स्थानीयहरू अहिले पनि फिन्जोको भाग्य बलियो भएकै कारण फोन लागेको र उपचार सम्भव भएको कुरा गरिराख्छन् ।

आफूहरू राज्यबाटै हेपिएकामा याङ्मावासीको ठूलो गुनासो छ । प्रत्येक आधारभूत सुविधाका लागि बारम्बार संघर्ष गर्नुपर्ने बाध्यतासँग उनीहरू अभ्यस्त छन् ।

यसै वर्षदेखि गाउँपालिकाले बल्ल बाल शिक्षक नियुक्त गरेर पढाइ सुरु गरेको छ । पहिला दुई जना शिक्षकको दरबन्दी भए पनि शिक्षक नबसी तलब बुझ्न थालेपछि पालिकाले यहाँका शिक्षकलाई अन्यत्र सरुवा गरेको थियो । सरकारले यहाँ स्वास्थ्य चौकी राख्ने निर्णय गरे पनि अहिलेसम्म स्वास्थ्यकर्मी पठाएको छैन ।

नेपाल टेलिकम प्रदेश १ प्रादेशिक निर्देशनालयका निर्देशक लक्ष्मण महर्जन यस्ता दुर्गम बस्तीका लागि स्याटेलाइट टेलिफोन सुविधा रहेकाले सो अनुसार सेवा प्रवाह गर्न सकिने बताउँछन् ।

‘यस्तो समस्या रहेछ, यस विषयमा म आफैं अध्ययन गर्नेछु, उनले भने । टेलिकमको सामाजिक उत्तरदायित्वअन्तर्गत पाथीभरा क्षेत्रमा ३० वटा डस्बिन राखिदिएको सन्दर्भ उप्काउँदै वडाध्यक्ष लामा भन्छन्, नागरिकले अझै पनि सञ्चारको पहुँच पाएका छैनन्, यस्ता कार्यक्रम बरु सञ्चार सेवा विस्तारमै लगाए धेरै राम्रो हुने ।’

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal