हैदरावादलाई हराउँदै मुम्बई आईपीएलको शीर्ष स्थानमा

२०७८ बैशाख ५ गते, आईतवार

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिगमा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ ।
पहिलो खेलमै पराजित भएको मुम्बईले त्यसयता लगातार दोस्रो खेल जित्ने क्रममा शनिबार राति सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो । जितपछि रोएल च्यालेन्जर्स समान ४ अंक जोडेको मुम्बई रनरेटका आधारमा अगाडि छ ।
मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९।४ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । यस्तै कप्तान डेभिड वार्नरले ३६ र विजय शंकरले २८ रन जोडे । विराट सिंहले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हैदरावादलाई अलआउट गर्न मुम्बईका ट्रेण्ट बोल्ट र राहुल चाहरले ३(३ विकेट लिए ।
तयसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । मुम्बईका लागि क्वेन्टन डी ककले सर्वाधिक ४० रन बनाए । यस्तै काएरन पोलार्डले अविजित ३५ रन बनाए । कप्तान रोहित शर्माले ३२ रन बनाए ।हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २(२ विकेट लिए ।
जितपछि मम्बईले ३ खेलबाट ४ अंक जोडेको छ । उता हैदरावादको खराब प्रदर्शन जारी रहँदा लगातार तेस्रो हार बेहोरेको छ । हेदरावाद अंकविहीन हुँदे पुछारमा छ ।
लिगमा आज दुई खेल हुँदैछ ।

358 Views

ताजा

खगेन्द्र सुनार नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता

२०८२ मंसिर ८ गते, सोमबार

खगेन्द्र सुनार नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता

२०८२ मंसिर ८ गते, सोमबार

बलिउड अभिनेता धर्मेन्द्रको निधन

२०८२ मंसिर ८ गते, सोमबार

निर्माता पौडेलको गुनासो

२०८२ मंसिर ८ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छः ऊर्जा मन्त्री कुलमान घिसिङ

२०८२ मंसिर ८ गते, सोमबार

आज एनपिएलमा दुई खेल हुने

२०८२ मंसिर ८ गते, सोमबार

निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६ पुग्यो

२०८२ मंसिर ८ गते, सोमबार

आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै

२०८२ मंसिर २ गते, मंगलवार

मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

२०८२ मंसिर २ गते, मंगलवार

व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं

२०८२ मंसिर १ गते, सोमबार

मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय

२०८२ मंसिर १ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal